कोठामै जलेको अवस्थामा भेटिनुअघि आँचललाई आएको थियो मार्ने धम्की « Khabarhub

कोठामै जलेको अवस्थामा भेटिनुअघि आँचललाई आएको थियो मार्ने धम्की



काठमाडौं– कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीकी कलाकार आँचल नाथ बिहीबार काठमाडौंस्थित डेरामै जल्दै गरेको अवस्थामा भेटिइन् । चार वर्षअगाडि कञ्चनपुरबाट सुनौलो भविष्यको खोजीमा उनी काठमाडौं आएकी थिइन् ।

काठमाडौंमा भाइसँगै डेरा बस्न थालिन् । भाइ दीपेन्द्र नाथ दिदीसँगै बसेर जापानिज भाषा पढिरहेका छन् । दिदीभाइ आ–आफ्नो लक्ष्य पूरा गर्न काठमाडौंमा संघर्षरत थिए ।

भाइ दीपेन्द्र दिदीले आत्मदाह गर्न नसक्ने बताउँछन् । खबरहबसँगको कुराकानीमा उनले भने, ‘आँचल दुःख, पीडा र संघर्षसँग डराउने मान्छे होइन । काठमाडौंमा मोडलिङ क्षेत्रमा स्थापित हुन भनेर आएकी थिइन् । तर, उनको सफलता देखेर शत्रुले खुट्टा तान्ने प्रयास गरिरहे ।’

उनले केही केटाहरू उनको चरित्र हत्या गर्न लागेको बताए । ‘केही बदमास केटाहरूले दिदीको चरित्र हत्या गरिरहेका थिए । टिकटक लाइभमा आएरै उनीबारे नराम्रो कुरा बोल्थे’, उनी थप भन्छन्, ‘त्यतिबेलै उनीहरूलाई उजुरी दिएर कारबाही गर्नुपर्ने रहेछ । तर दिदी आफैँ टिकटकमा सक्रिय भइरहने भएर त्यो कुरालाई सामान्य मान्नु गल्ती भयो ।’

गम्भीर घाइते अवस्थाकी उनको अहिले सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको । भेन्टिलेटरमा राखेर उनको जीवन बचाउने कोसिस भइरहेको छ। उनका बुवाले दिएको जानकारी अनुसार आँचलको करिब ८० प्रतिशत शरीरको भाग जलेर अवस्था गम्भीर छ ।

यो घटनामा सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने तीनजना युवकहरूमाथि शंका लागेको भाइ दीपेन्द्र बताउँछन् । ‘टिकटकपछि आँचललाई फोन गरेर मार्दिन्छु भन्नेसम्म धम्की दिएका थिए । प्रहरीले सबैभन्दा पहिले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्छ । आत्मदाह हो वा अरुले आगो लगाए, छिटो छानबिन होस् ।’

बिहीबार साँझ आफ्नै डेरामा आँचल जल्दै गरेको अवस्थामा भेटिएकी थिइन् । त्यो दिन भाइ कोठामा थिएनन् । उनी कञ्चनपुर गएका थिए । घटनाको प्रारम्भिक अवस्था हेर्दा प्रहरीले आत्मदाहको शंका गरे पनि परिवारले शंकास्पद भएको दाबी गरेको छ ।

कक्षा १० सम्म अध्ययन गरेकी आँचलले २० वर्षमै विवाह गरेकी थिइन् । तर बिहेको दुई वर्षमा सम्बन्ध सकिएको थियो । टिकटकमा उनले श्रीमान्ले अर्को विवाहकाले छुट्टिनुपरेको सुनाएकी थिइन् ।

जीवनका आरोहअवरोहलाई छिचोल्दै उनी विभिन्न गीतमा मोडलिङ गर्दै अगाडि बढिरहेकी थिइन् । मोडलिङबाहेक टिकटकमा पनि उनको राम्रो फ्यान फ्लोइङ छन् । टिकटकमा व्यक्तिगत सम्बन्धका कुरा पनि सेयर गर्ने गर्थिन् ।

टिकटक लाइभमा आएर आफ्ना पीर–व्यथा पोखेको देख्दा केहीले मानसिक बिरामीको आरोप पनि लगाए तर भाइ उक्त आरोप स्विकार्दैनन् । भन्छन्, ‘उनी कलाकार हुन् । टिकटक कन्टेन्ट बनाउँदा रुनुपर्ने वा भावुक हुनुपर्ने हुन्छ । उनी मानसिक रुपमा बलियो मान्छे हुन् । उनलाई बिरामी भनेर जघन्य अपराधलाई सामान्य बनाउने प्रयास गरिएको छ ।’

दिदीले आफैंले पेट्रोल हालेर आफूलाई जलाउनै नसक्ने भाइ बताउँछन् । ‘मसँगै बसेकी हुन् । आफैँले पेट्रोल हालेर आगो लगाउन सक्ने मान्छे होइन । ऊ त्यो हदसम्म दुःखी भएको मलाई लाग्दैन । पीर परे, कसैसँग झगडा भए मसँग भन्थिन्,’ दीपेन्द्र थप्छन्, ‘मनमा कुरा गुम्स्याएर बस्ने मान्छे होइन । परिवार र साथीसँग कुरा सेयर गर्ने र आफूलाई हल्का बनाएर बस्ने बानी थियो ।’

कृष्णपुर नगरपालिकाका वडाध्यक्ष अर्जुन साउदले घटनामा संलग्नलाई कारबाही माग गरेका छन् । भन्छन्, ‘प्रारम्भिक सूचना अनुसार केही मानिस कोठामा आएको जानकारी मिलेको छ । यदि आत्महत्या प्रयास गरेकी भए पनि केही कसैले त्यो अवस्थामा पुर्याए होलान् । दुरुत्साहन गर्ने कोही तहोला ?’

अध्यक्ष साउदले केही सञ्चारमाध्यममा हचुवाका भरमा समाचार आएको बताए ।

‘केही मिडिया र युटुबरले आफैँ आगो लगाएकी भनेर समाचार बनाएका छन् । अनुसन्धान नगरी यस्ता समाचार बनाइनु हुँदैन । कञ्चनपुरकी चेली निर्मला पन्तको बलात्कारपछि हत्या घटना मिडिया ट्रायलको कारणले आजसम्म टुङ्गो लाग्न सकेन’, उनी थप भन्छन्, ‘आँचलको हकमा पनि मिडिया ट्रायल हुने सम्भावना देखियो । सामाजिक सञ्जालमा कोही आफैं न्यायाधीश नबन्नुस् ।’

देशमा प्रधानमन्त्री पनि महिला भएकाले आँचलले न्याय पाउन ढिला गर्न नुहने साउद बताउँछन् । ‘किसान परिवारकी छोरी हुन् । जग्गा–जमीन राम्रै भएको परिवार हो । टिकटक र मोडलिङमा सफल हुँदै गर्दा उनीप्रति रिस गर्नेहरू थिए । गाउँमा मिजासिलो व्यवहार गर्ने उनी सरल स्वभाविक थिइन् । तर उनी आत्महत्याको बाटो रोज्ने केटी होइनन्’, उनले भने ।

एक महोत्सवमा गायक पुष्कल शर्माले स्टेजमा गीत गाउँदा आँचल रोएरै नाँचेकी थिइन् । उक्त महोत्सवमा उनको अभिनयलाई लिएर धेरैले भविष्यकी कलाकारका रुपमा भाइरल बनाएका थिए । कतिले उनको आलोचनासमेत गरे । तर महोत्सवमा रोएको भिडियो क्लिपमार्फत् नै उनी चर्चित भइन् । त्यसपछि उनले पछाडि फर्केर हेर्नु परेको थिएन ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ७ : ४६ बजे

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन

काठमाडौं– नबिल बैंकले आफ्ना ग्राहकको गोपनीयता भङ्ग गरी बैंकिङ कारोबारसम्बन्धी विवरण

एमाले प्रमुख सचेतकमा सांसद ऐनबहादुर महर

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (एमाले) संघीय संसदीय दलले प्रतिनिधिसभाका सदस्य ऐनबहादुर

प्रधानमन्त्री कप एनभिएमा पुलिस क्लबको विजयी सुरुवात 

काठमाडौं– प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ

सुकुम्वासीको पक्षमा एमाले, बस्ती हटाउने नाममा बल प्रयोग नगर्न सरकारलाई चेतावनी

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सरकारले सुकुम्वासी बस्तीहरू जबरजस्ती

व्यवस्थापन प्रक्रियालाई सघाउन वास्तविक सुकुम्बासीलाई प्रहरीको आग्रह

काठमाडौं- सरकारले सुरु गर्न लागेको सुकुम्बासी/भूमिहीन व्यवस्थापन प्रक्रियालाई सघाउन नेपाल