प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ « Khabarhub

प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

सिरहा – लागुऔषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय मिर्चैया, सिरहाको संयुक्त टोलीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार विशेष सूचनाका आधारमा असोज ९ गते साँझ करिब ५ः०० बजे मिर्चैया नगरपालिका–५ मा सार्वजनिक सवारीसाधन प्रयोग गरी यात्रा गरिरहेका एक यात्रु शङ्कास्पद लागेपछि जाँच गरिएको थियो ।

जाँचका क्रममा सप्तरीको राजविराज नगरपालिका–७ निवासी करिब ४० वर्षीय दुर्गेशकुमार झाको साथबाट ब्राउन सुगरजस्तो देखिने गिलो पदार्थ बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक धर्मेशकुमार यादवका अनुसार झाको साथमा निलो झोलामा राखिएको दुईवटा स्टिलको बट्टाभित्र प्लास्टिकमा प्याक गरिएको उक्त पदार्थ भेटिएको हो ।

बरामद पदार्थको तौल प्लास्टिक र बटासहित एक सय ४८ ग्राम पाँच सय ६० मिलीग्राम रहेको प्रहरीले जनाएको छ । झालाई हाल थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मिर्चैयामा राखिएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ९ : ३० बजे

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर

संसदीय दलको नेता चयनप्रति असन्तुष्टि जनाउँदै एमाले युवाहरूद्वारा विरोध प्रदर्शन

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) सम्बद्ध युवाहरूले पार्टी नेतृत्वप्रति