सिरहा – लागुऔषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय मिर्चैया, सिरहाको संयुक्त टोलीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार विशेष सूचनाका आधारमा असोज ९ गते साँझ करिब ५ः०० बजे मिर्चैया नगरपालिका–५ मा सार्वजनिक सवारीसाधन प्रयोग गरी यात्रा गरिरहेका एक यात्रु शङ्कास्पद लागेपछि जाँच गरिएको थियो ।
जाँचका क्रममा सप्तरीको राजविराज नगरपालिका–७ निवासी करिब ४० वर्षीय दुर्गेशकुमार झाको साथबाट ब्राउन सुगरजस्तो देखिने गिलो पदार्थ बरामद गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक धर्मेशकुमार यादवका अनुसार झाको साथमा निलो झोलामा राखिएको दुईवटा स्टिलको बट्टाभित्र प्लास्टिकमा प्याक गरिएको उक्त पदार्थ भेटिएको हो ।
बरामद पदार्थको तौल प्लास्टिक र बटासहित एक सय ४८ ग्राम पाँच सय ६० मिलीग्राम रहेको प्रहरीले जनाएको छ । झालाई हाल थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मिर्चैयामा राखिएको छ ।
प्रतिक्रिया