केदारले ५१ लाख पारिश्रमिक लिएको फिल्म ‘माग्ने राजा’ले कति व्यापार गर्‍यो ? « Khabarhub

केदारले ५१ लाख पारिश्रमिक लिएको फिल्म ‘माग्ने राजा’ले कति व्यापार गर्‍यो ?


११ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भदौं ६ बाट प्रदर्शनम आएको ‘माग्ने राजा’का लागि कलाकार केदार घिमिरेले ‘माग्ने बूढा’ ५१ लाख पारिश्रमिक लिएको निर्माता मुनाल घिमिरेको दाबी छ ।

पहिला मुनालले केदारलाई ६१ लाख पारिश्रमिक लिएको दाबी गरेका थिए । यो विषयमा निकै टिकाटिप्पणी भएपछि केदारले ‘६१ लाख पारिश्रमिक’को दाबी झुटो भएको बताएका थिए ।

पछि मुनालले ५१ लाख पारिश्रमिक दिएको खुल्ने रसिद नै सार्वजनिक गरेका थिए ।

यो फिल्म पहिलो चरणमा १७ दिन हलमा चल्यो । भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनले हलहरु बन्द भएपछि यसको प्रदर्शन प्रभावित भएको थियो ।

सात दिन हल बन्द भएर खुलेपछि यो फिल्म पुनः प्रदर्शनमा आएको हो । अहिले पनि यो प्रदर्शनरत छ ।

यो फिल्मको व्यापार हेर्दा अझैँ हिटको आँकडा छुन सकेको छैन । पाँच करोड ग्रस कलेक्सन कटाउने फिल्मलाई हिट मान्ने गरिन्छ ।

चलचित्र विकास बोर्डका अनुसार यो फिल्मले असोज पहिलो सातासम्म मात्रै ४ करोड ७० लाख ग्रस कलेक्सन गरेको छ ।

केदार शीर्ष भूमिकामा रहेको यो पहिलो फिल्म हो । उनको आइकोनिक क्यारेक्टर ‘माग्ने बूढा’लाई शीर्ष भूमिकामा राखेर यो फिल्म बनाइएको हो ।

अर्थात्, व्यापारिक आँकडाले केदारको शीर्ष भूमिकामा डेब्यू खासै सुखद भने देखिँदैन । बक्स अफिसबाट मात्रै यो फिल्मको लगानी उठ्न मुस्किल देखिन्छ ।

तर, विदेश प्रदर्शन अधिकारी र डिजिटल राइट्सहित जोडेर भने यो फिल्मको लगानी सुरक्षित हुने सम्भावना उच्च छ।

यो फिल्मको व्यापारमा कमी हुनुको कारण ‘जेन–जी आन्दोलन’ देखाउने सुबिधा पनि केदारले पाएका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ६ : १४ बजे

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्तालाई मृत्यु

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि