विभिन्न कारागारबाट भागेका १२ जना कैदीबन्दी गोरखाबाट पक्राउ | Khabarhub Khabarhub

विभिन्न कारागारबाट भागेका १२ जना कैदीबन्दी गोरखाबाट पक्राउ


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

गोरखा– जेन-जी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट भागेका १२ जना कैदीबन्दी गोरखाबाट पक्राउ परेका छन् । कास्की कारगारका सात, केन्द्रीय कारागार जगन्नाथदेवलका तीन जना कैदीबन्दी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक भरतबहादुर विकका अनुसार जेन-जी प्रदर्शनका क्रममा तनहुँ कारागारबाट भागेका एक र बालसुधार गृह सानोठिमी भक्तपुरबाट भागेका एक जना कैदीबन्दीलाई पनि पक्राउ गरी आवश्यक प्रक्रिया पुरा गरेर सम्बन्धित कारागार तथा सुधार गृहमा पठाइएको छ ।

कास्की कारागारबाट भागेर गोरखा आइपुगेका विक्रम नेपाली, तेन्जिङ रिग्देल लामा, छेवाङ रिजिन लामा, सोनाम ल्याल्जेन लामा, बाबुराम नेपाली, राजेश विश्वकर्मा सुनार र सोनामा दोर्जे लामालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक विकले बताए ।

केन्द्रीय कारागार जगन्नाथदेवलबाट भागेका भरत ठकुरी, सुमन सुनदास र भुवन तामाङलाई पक्राउ गरेर सम्बन्धित कारागार चलान गरिएको छ । त्यस्तै तनहुँ कारागारबाट भागेका विशाल उपरकोटी र बालसुधार गृह सानोठिमी भक्तपुरबाट भागेकी सुस्मा मग्रातीलाई गोरखाबाट प्रहरीले पक्राउ गरेको हो ।
 
प्रहरी उपरीक्षक  विकले पक्राउ परेका सबैलाई केही समय जिल्ला प्रहरी कार्यालय गोरखाको थुनुवा कक्षमा राखी कानुनी प्रक्रिया पुरा गरेर सम्बन्धित कारागार चलान गरिसकिएको जानकारी दिए । ‘गोरखाबाट पक्राउ परेकामध्ये अधिकांश गोरखा घर भएका र केही जिल्ला बाहिर घर भएकाहरू छन्’, उनले भने । 

प्रदर्शनका क्रममा भागेका कैदीबन्दीको सूचनासहित विस्तृत विवरण सङ्कलन भइरहेकाले खोजी कार्य जारी रहेको उनले बताए । रासस
 

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  १२ : १० बजे

दशैँको पर्याय चंगा (तस्बिरहरू)

काठमाडौं– दसैँ नजिकिएसँगै आकाशमा चंगाहरु देखिन थालेका छन् । दसैँमा

युक्रेनसँगको द्वन्द्वबारे वार्ता गर्न तयार छौँ : रूसी विदेशमन्त्री

मस्को- रूस युक्रेन बिचको द्वन्द्वका मूल कारणहरूलाई सम्बोधन गर्नको लागि

दसैँअघि नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सुचारु नहुने 

काठमाडौं– सुरक्षा चुनौतीका कारण नागढुंगा–सिस्नेखोला सुरुङमार्ग दशैंअघि सञ्चालनमा नआउने भएको छ

प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न गृह सचिवको निर्देशन

काठमाडौं– गृहसचिव रामेश्वर दङ्गालले मुलुकमा देखा पर्ने जस्तोसुकै जटिल परिस्थितिको सामना

सार्वजनिक बिदामा पनि निगमका १३ वटा डिपो खुला रहने

काठमाडौं– दसैँको सार्वजनिक बिदामा पनि नेपाल आयल निगमका कार्यालय तथा