नवरात्रको सातौँ दिन : देवी कात्यायनीको पूजा आराधना गरियो « Khabarhub

नवरात्रको सातौँ दिन : देवी कात्यायनीको पूजा आराधना गरियो


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– असोज शुक्ल षष्ठी अर्थात् नवरात्रको सातौँ दिन देवी कात्यायनीको पूजा आराधना गरिएको छ ।

अष्टमातृका भगवतीको छैटौँ शक्तिका रूपमा कात्यायनीको पूजा गर्ने परम्परा रहँदै आएको छ । धार्मिक विश्वासअनुसार आजको दिनमा कात्यायनी देवीको पूजा गरे रोग, शोक, भय, दुःख र दरिद्रता नाश भई प्रगतिको मार्गमा अगाडि बढ्न सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।

पुराण अनुसार, त्रिलोकमा आतङ्क मच्चाएका महिषासुरको वधका लागि ब्रह्मा, विष्णु र महेश्वरको तेजबाट उत्पन्न भएकी देवी कात्यायनीले आश्विन शुक्ल सप्तमीदेखि नवमीसम्म पूजा ग्रहण गरेर दशमीका दिन महिषासुरको संहार गरेको धार्मिक विश्वास छ ।

नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।

यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  १२ : २१ बजे

एनपीएल : बलिङमा नेपाल अगाडि, ब्याटिङमा विदेशीको दबदबा : कुन खेलाडी कति अब्बल ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को बलिङमा नेपाली खेलाडी चम्किँदा

अपाङ्गताका अधिकार रक्षा गर्न एमाले क्रियाशील : अध्यक्ष ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपाङ्गता भएका व्यक्तिका

भरतपुर आँखा अस्पताललाई पाकिस्तानको सहयोग

काठमाडौं– पाकिस्तानले भरतपुर आँखा अस्पतालको पूर्वाधार विकासका निम्ति १० लाख

विष्णु पौडेलसँग सञ्चारकर्मीको संवाद हुँदै

काठमाडौं – नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलको

अल्पविकसित देशहरूको विकासका लागि अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य : नेपाल

दाेहा– अल्पविकसित देशहरूको विकासका लागि अन्तर्राष्ट्रिय समुदायबाट निरन्तर सहयोग हुनुपर्नेमा