विजय ‘लिड रोल’ रहेको दोस्रो फिल्मको व्यापार पहिलोभन्दा ४५ करोडले कम « Khabarhub

विजय ‘लिड रोल’ रहेको दोस्रो फिल्मको व्यापार पहिलोभन्दा ४५ करोडले कम


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक विजय बराल शीर्ष भूमिकामा रहेको दोस्रो फिल्म ‘जनै हराएको मान्छे’ हलबाट उत्रिसकेको छ । यो फिल्म भदौ ६ बाट प्रदर्शनमा आएको थियो ।

विजय कीर्तिमानी नायक हुन् । उनले पहिलो पटक शीर्ष भूमिकामा अभिनय गरेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ हो । जसले नेपाली फिल्म इतिहासमै सबैभन्दा बढी ४६ करोड ८७ लाखभन्दा बढीको व्यापार गरेको थियो ।

यही फिल्मको व्यापारिक सफलता पश्चात विजयले ‘जनै हराएको मान्छे’ साइन गरेका हुन् । यो फिल्म बक्स अफिसमा फ्लप भएको छ ।

पहिलो फिल्मको तुलनामा यस फिल्मको व्यापार साढे ४५ करोडभन्दा बढीले कम छ ।

चलचित्र विकास बोर्डका अनुसार यस फिल्मको लाइफटाइम ग्रस कलेक्सन एक करोड २३ लाख ८२ हजार मात्रै छ ।

अब विजय शीर्ष भूमिकामा रहेको अर्को फिल्म ‘वरिष्ठ बलराम’ भाइटीका अर्थात् कात्तिक ६ बाट प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  १ : ४० बजे

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्तालाई मृत्यु

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि