छानबिन आयोगको बहानामा अपराधीलाई उन्मुक्ति दिन मिल्दैन : भीमार्जुन आचार्य « Khabarhub

छानबिन आयोगको बहानामा अपराधीलाई उन्मुक्ति दिन मिल्दैन : भीमार्जुन आचार्य


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले न्यायिक जाँचबुझ आयोग गठनको कारण देखाई अपराधमा संलग्नलाई उन्मुक्ति दिन नहुने बताएका छन्।

गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै आयोगका नाममा कुनै व्यक्तिउपर कारबाही नै अघि नबढाउनु भन्नु उचित नहुने बताएका हुन् ।

‘यसले त घटनालाई ढाकछोप गर्न खोजे जस्तो देखियो । भदौ २३ गतेको घटनामा आयोगको प्रतिवेदन केही हदसम्म उपयोगी हुन सक्ला, तर २४ गतेको घटनाका लागि यसले केही मद्दत गर्न सक्दैन’, उनले भने, ‘आगो लगाउने, लुटपाट गर्ने जस्ता कार्यका लागि प्रचलित कानुन नै प्रयाप्त रहेकोले आयोगको बहाना बनाउनु ठीक भएन ।’

उनले आफ्ना केही स्वतन्त्रताको परित्याग गरि व्यक्ति राज्यको अधीनमा बस्न मञ्जुर गर्नु पछाडिको मुख्य कारण सुरक्षा रहेको बताए । ‘आफ्ना नागरिकको जीउ, ज्यान र सम्पत्तिको सुरक्षा राज्यको पहिलो दायित्व हो’, उनले भने, ‘यो राज्य बस्नलायक छ, अनूभूत हुनु पर्‍यो ।’

गृहमन्त्री अर्यालले आइतबार प्रहरी प्रधानमन्त्री कार्यालयलाई लिखित निर्देशन दिँदै भदौ २३ र २४ गते भएको तोडफोड र आगजनीमा संलग्नहरूलाई कारबाही नगर्नु भनेको सन्दर्भमा आचार्यको यो भनाइ हो ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  १ : ३६ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको