काठमाडौं– धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन्।
उनका सहयोगीहरूका अनुसार साम्पाङले नयाँ पार्टी खोल्नका लागि निवेदन दिएका हुन् । उनले ‘श्रम संस्कृति पार्टी’ दर्ताका लागि निवेदन दिएको सहयोगीहरूले बताएका छन् ।
मेयर साम्पाङले पनि निर्वाचन आयोगमा ‘राष्ट्रिय श्रम संस्कृति पार्टी’ दर्ता गराएको जानकारी आइतबार दिएका छन् ।
तर उक्त पार्टीको कार्यनीति र नेताहरूको को को छ भन्ने उनले केही पनि खुलाएका छैनन् ।
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा समेटिने कोसिस असफल भएपछि उनी धरान फर्किएका थिए ।
धरान गएदेखि उनले निरन्तर काठमाडौंका मेयर बालेन्द्र साहमाथि सामाजिक सञ्जलबाट प्रहार गरिरहेका छन्।
२०७९ को निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उठेका उनले लौरो चुनाव चिह्नबाट जित निकालेका थिए ।
प्रतिक्रिया