मुख्यमन्त्री शाहद्वारा गोदावरी नगरपालिकाको स्थलगत अनुगमन « Khabarhub

मुख्यमन्त्री शाहद्वारा गोदावरी नगरपालिकाको स्थलगत अनुगमन


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

गोदावरी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गोदावरी नगरपालिकामा गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडको स्थलगत अनुगमन गरेका छन् ।  

उनले आइतबार अनुगमनका क्रममा प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि सङ्घ र प्रदेश सरकारबाट आवश्यक बजेट छुट्टाउन पहल गर्ने बताए  । 

आन्दोलनका क्रममा नगरपालिकामा भएको आगजनी र तोडफोडबाट व्यापक क्षति पुगेको उल्लेख गर्दै उनले स्थानीय सरकारलाई शीघ्र राहत र पुनर्निर्माणमा आवश्यक सहयोग पुर्‍याउने व्यवस्था मिलाउन पहल गर्ने बताए । 

मुख्यमन्त्री शाहले आन्दोलनबाट पुगेको क्षतिको मूल्याङ्कन गरी तत्काल राहत र दीर्घकालीन पुनर्निर्माणमा सङ्घ तथा प्रदेश सरकारले चासो जानुपर्ने बताए । 

जेन-जी आन्दोलनका क्रममा नगरपालिकामा भएको आगजनी र तोडफोडबाट उत्पन्न चुनौतीलाई समाधान गर्दै पुनर्निर्माणको काम छिटो र प्रभावकारी रूपमा सम्पन्न गर्ने तयारीमा नगरपालिकाले ध्यान केन्द्रित हुनुपर्ने उनको भनाइ थियो । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीले मुख्यमन्त्री शाहलाई आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट नगरपालिकालाई रु नौ करोड ५३ लाखभन्दा बढीको भौतिक क्षति भएको जानकारी गराए । 

नगरपालिकाले यसपालीको बजेटबाट पुनर्निर्माणका लागि एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको र स्थानीय तथा सहयोगी दाताबाट सामग्री र नगद सङ्कलनको काम पनि अगाडि बढेको प्रमुख प्रशासकीय अधिकृत विनाडीले बताए । 

नगरपालिकाका विभिन्न सार्वजनिक संरचना, विद्यालय र व्यक्तिका घरधुरीमा क्षतिको समीक्षा गर्दै आवश्यक प्राथमिकताको सूची तयार गरेको जनाइएको छ । रासस

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ४ : ५४ बजे

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले

बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ

काठमाडौं – बिहे गरेर अमेरिका लैजाने लोभमा पर्नुभएको छ ?