एमालेले नेतृत्वबारे निर्मम आत्मसमीक्षा गर्नुपर्छ : झपट रावल | Khabarhub Khabarhub

एमालेले नेतृत्वबारे निर्मम आत्मसमीक्षा गर्नुपर्छ : झपट रावल


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले) का केन्द्रीय सदस्य झपट बहादुर रावलले पार्टी नेतृत्वप्रति कटाक्ष गर्दै अब बहानाबाजी होइन, निर्मम आत्मसमीक्षा आवश्यक भएको बताएका छन्।

उनले आइतबार सामाजिक सञ्जालमा लेख्दै एउटा असल अभिभावकले सन्तानलाई उज्ज्वल भविष्य सुम्पेर जाने जस्तै कुशल राजनीतिज्ञले सक्षम उत्तराधिकारी र सबल राष्ट्र सुम्पेर जानुपर्ने बताए।

‘गल्ती सबैका जिम्मेवारीअनुसार भएको हो भन्ने आत्मबोध गर्दै, जनविश्वासमा आँच आउने कार्य दोहोरिन नदिने प्रतिबद्धताका साथ अगाडि बढ्नुपर्छ,’ रावलले भनेका छन्।

व्यक्तिगत विषयलाई गौण मानेर जनविश्वास आर्जन गर्दै अघि बढ्दा मात्र एमालेको आन्दोलन जीवन्त रहने साझा विकल्प बन्ने उनले बताएका छन् ।

रावलले यसो भनिरहँदा भक्तपुरको गुन्डुमा एमाले सचिवालय बैठक जारी छ । जहाँ भदौ २३ र २४ को आन्दोनपछि अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट बाहिरिनुपर्ने दबाब नेताहरूले दिइरहेका छन्।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ५ : ३४ बजे

भोजपुरका किसानलाई मकै थन्क्याउने चटारो

भोजपुर- देशभर दसैँको माहोल सुरु भइसक्दा भोजपुरको लेकाली भेगका किसानलाई

चाडपर्वलाई लक्षित गरेर उपत्यकामा छ हजार बढी प्रहरी परिचालन गरिने

काठमाडौं– चाडपर्वलाई लक्षित गरेर यस वर्ष काठमाडौँ उपत्यकामा छ हजार

प्रहरीका चार डीआईजी एआईजीमा बढुवा सिफारिस

काठमाडौं– नेपाल प्रहरीका चार प्रहरी नायब महानिरीक्षक डीआईजीलाई प्रहरी अतिरिक्त

कास्कीमा चाडपर्वलक्षित सुरक्षा योजना लागू

गण्डकी– दशैं, तिहारलगायत चाडपर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय, कास्कीले

ओलीको पासपोर्ट रद्द गर्ने निर्णयले आयोगकै विश्वसनीयतामा प्रश्न उठ्यो : एमाले

काठमाडौं- नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित पाँच जनाको