जेन-जी आन्दोलनका घाइतेको वर्गीकरण गरेर राहत दिने सरकारको निर्णय « Khabarhub

जेन-जी आन्दोलनका घाइतेको वर्गीकरण गरेर राहत दिने सरकारको निर्णय


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा घाइते भएकाहरूको वर्गीकरण गरेर उचित राहत दिने निर्णय गरेको छ ।  

सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको वर्गीकरण गर्नका लागि प्राविधिक समिति गठन गरी तत्काल कार्य प्रारम्भ गर्ने र वर्गीकरणपछि घाइते भएका व्यक्तिहरूलाई वर्गीकरणको आधारमा उचित राहत दिने निर्णय गरेको सरकार प्रवक्ता एवं सञ्चारमन्त्री जगदिश खरेलले बताए ।

बैठकले आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको पहिचान एवं सहज र प्रभावकारी उपचारको व्यवस्थाका लागि गृह मन्त्रालयले परिचय पत्र वितरणको व्यवस्था मिलाउने निर्णय गरेको छ भने घाइते भएका व्यक्तिहरूको पुनः उपचारका लागि अस्पतालहरू तोक्ने, ती अस्पतालहरूमा जेन-जी क्लिनिक सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता खरेलले बताए ।

बैठकले कार्तिक १० देखि १३ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौँ बैठकमा सहभागी हुन ऊर्जामन्त्री कुलमान घिसिङलाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको प्रवक्ता खरेलले बताए ।

त्यस्तै मुग्लिङ–पोखरा सडकअन्तर्गत मुग्लिङदेखि आँबुखैरेनीसम्म हालको राजमार्गको समानान्तरको मुग्लिङ बजारको पारीपट्टी त्रिशूली किनार गोरखातर्फदेखि मर्स्याङ्दी नदीको बायाँ किनार हुँदै मर्स्याङ्दी विद्युत् गृहको पारीपट्टी गोरखातर्फसम्म थप सडकको रेखांकन स्वीकृत गर्ने र सडकको केन्द्र रेखाबाट दायाँ बायाँ १५–१५ मिटर गरी ३० मिटरको सडकको मापदण्ड स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता खरेलले जानकारी दिए ।  

बैठकले प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमल्सिनालाई नियुक्त गर्ने निर्णय भएको प्रवक्ता खरेलले बताए  । 

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ६ : ०४ बजे

अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै (तस्बिरहरू)

काठमाडौं – विशेष अदालतले व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई

वैदेशिक रोजगारीमा हुने ठगी रोक्न विभागको सक्रियता : आजमात्रै २९ जाहेरी दर्ता, ९ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण र श्रमिकका

गाउँपालिकास्तरीय लोकनृत्य प्रतियोगितामा किस्पाङ बहुप्राविधिक शिक्षालय प्रथम

नुवाकोट – नुवाकोटको किस्पाङ गाउँपालिकाको वार्षिक कार्यक्रमअन्र्गत आयोजित लोकनृत्य प्रतियोगितामा

दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं । विशेष अदालतले दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका

पाकिस्तानले ३० इरानी नागरिकको स्वदेश फिर्तीमा सहजीकरण गर्ने

इस्लामाबाद – पाकिस्तानले इरान, संयुक्त राज्य अमेरिका र बेलायतका अधिकारीसँगको