‘संवैधानिक प्रक्रियाका आधारमा लोकतान्त्रिक मूल्यमान्यतालाई संरक्षण गर्ने’ « Khabarhub

‘संवैधानिक प्रक्रियाका आधारमा लोकतान्त्रिक मूल्यमान्यतालाई संरक्षण गर्ने’


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले संवैधानिक प्रक्रियाका आधारमा लोकतान्त्रिक मूल्यमान्यतालाई संरक्षण गर्न पहल गर्ने बताएका छन् ।
  
आइतबार आफ्नै निवासमा आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस  प्रवक्ता डा महतले विगतमा भएका कमीकमजोरीलाई सुक्ष्म ढङ्गबाट समीक्षा गरी पार्टी अघि बढ्ने बताए । 

उनले यही असोज २६ गते पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बस्ने केन्द्रीय समितिको बैठकबाट महाधिवेशनसम्बन्धी विषयले निकास पाउने स्पष्ट गरे ।   

उनले लोकतन्त्रका पक्षमा जीवनभर लडेका पार्टीका शीर्ष नेताहरूप्रति वितृष्ण फैलाउने काम भइरहेको भनी आपत्ति व्यक्त गरे । 

संसदीय व्यवस्थासहित प्रजातन्त्रका पक्षमा लडेका राजनीतिक दलहरूलाई निषेध गर्न खोजेकाजस्ता चर्चा सामाजिक सञ्जालमा देखिएको उल्लेख गर्दै यदि त्यस्तो भए कांग्रेसलाई त्यो स्वीकार नहुने बताए ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ६ : ४७ बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले