मनहास नयाँ बिसिसिआई अध्यक्ष « Khabarhub

मनहास नयाँ बिसिसिआई अध्यक्ष


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

मुम्बई– भारतका पूर्व घरेलु क्रिकेटर तथा प्रशासक मिथुन मनहास आइतबार भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) का नयाँ अध्यक्षमा सर्वसम्मतिले निर्वाचित भएका छन् ।

मुम्बईमा सम्पन्न बोर्डको वार्षिक साधारण सभापछि मनहासलाई औपचारिक रूपमा अध्यक्ष घोषणा गरिएको हो । उनले ७० वर्षको अनिवार्य सेवानिवृत्तिमा पुगेका रोजर बिन्नीलाई प्रतिस्थापन गरेका हुन् । उपाध्यक्षमा राजीव शुक्ला र सचिवमा देवजित साइकिया निर्वाचित भएका छन् ।

४५ वर्षीय मनहासले भारतका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिएनन् । तर दिल्लीको तर्फबाट खेल्दा उहाँले १५७ प्रथम श्रेणी म्याचमा ४५.८२ औसतसहित नौ हजार ७१४ रन बनाएका थिए । 

उनको समय भारतीय महान् खेलाडीहरू सचिन तेन्दुलकर, राहुल द्रविड, सौरभ गाङ्गुली र भिभिएस लक्ष्मणको युगसँग मेल खाएको थियो । त्यसैले राष्ट्रिय टोलीमा प्रवेश गर्ने मौका सीमित रह्यो । दिल्ली टोलीमा समेत उनी वीरेन्द्र सेहवाग र गौतम गम्भीरको छायाँमा परे, तर ती दुई स्टार प्रायः राष्ट्रिय कर्तव्यमा व्यस्त हुने भएकाले मनहासले धेरै पटक टोलीको नेतृत्व गरे ।

इन्डियन प्रिमियर लिग (आइपिएल) मा उनले ५० भन्दा बढी खेल खेले । खेल जीवनपछि भने उनी क्रिकेट प्रशासनमा चम्किए । उनले विशेषगरी जम्मु र काश्मीर क्रिकेट सङ्घको निर्देशक रहँदा आधारभूत स्तरको विकासमा योगदान दिए ।

भारतमा क्रिकेटको अपार लोकप्रियताले बिसिसिआईलाई प्रायोजन र टेलिभिजन सम्झौताबाट विश्वकै धनी खेल निकाय बनाएको छ । यस शक्तिशाली बोर्डको नेतृत्वमा मनहासको उदयलाई सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) को स्पष्ट समर्थन रहेको बताइन्छ ।

गत हप्तामात्र नयाँदिल्लीमा गृहमन्त्री अमित शाहको निवासमा भएको महत्त्वपूर्ण बैठकमा उनलाई उम्मेदवारका रूपमा छनोट गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अमित शाह अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का प्रमुख जय शाहका पिता पनि हुन् ।

मनहासको निर्वाचनले भारतीय क्रिकेटमा नयाँ प्रशासनिक अध्याय सुरु भएको मानिएको छ । रासस

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ७ : ०७ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको