‘जेन-जी’ प्रदर्शनका मृतक परिवारलाई राहत रकम वितरण « Khabarhub

‘जेन-जी’ प्रदर्शनका मृतक परिवारलाई राहत रकम वितरण


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

धरान– गत भदौ २३ र २४ मा भएको ‘जेन-जी’ प्रदर्शनका क्रममा मृत्यु भएका दुई मृतकका परिवारलाई राहत तथा क्षतिपूर्ति रकम वितरण गरिएको छ ।

इटहरी उपमहानगरपालिका कार्यालयअगाडि भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका २३ वर्षीय अभिषेक श्रेष्ठ र मोहन सरदारका परिवारलाई सङ्घीय सरकारबाट प्राप्त रकम आज हस्तान्तरण गरिएको हो । 

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार प्रत्येक मृतकका परिवारलाई राहत स्वरूप १० लाख रुपैयाँ र क्षतिपूर्तिबापत पाँच लाख रुपैयाँ गरी जम्मा १५ लाख रुपैयाँ रकम वितरण गरिएको बताए । यो रकम गृह मन्त्रालयमार्फत प्राप्त भएको थियो । 

यस्तै, कोशी प्रदेश सरकारबाट किरिया खर्चबापत थप एक लाख रुपैयाँ जिल्ला प्रशासन कार्यालयमा प्राप्त भएको प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिए । रासस
 

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ७ : २० बजे

लगातार ६ खेलसम्म जितविहीन बन्यो म्यानचेस्टर युनाइटेड

काठमाडौँ – म्यानचेस्टर युनाइटेडको जितविहीन यात्राले निरन्तरता पाएको छ। इङ्लिस

आर्सनललाई जिताएका म्याडुएके : बेन्चबाट मैदान छिर्दै बने खेलका नायक

काठमाडौँ – नोनी म्याडुएकेको निर्णायक गोलको मद्दतले इङ्लिस प्रिमियर लिगमा

यो वर्ष नवरात्रको नवौँ दिनमा पनि किन महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने ?

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ – काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६