दोस्रो खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध पहिला ब्याटिङ गर्दै, आदिलको पुनरागमन « Khabarhub

दोस्रो खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध पहिला ब्याटिङ गर्दै, आदिलको पुनरागमन


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वेस्ट इन्डिजविरुद्धको युनिटी कप टी २० आई सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।

यूएईको शारजाह क्रिकेट रंगशालामा कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

यस खेलमा मोहम्मद आदिल आलमले नेपालका लागि पुनरागमन गरेका छन् ।

नेपाली टिममा स्पिनर सन्दीप लामिछाने भने अटाएका छैनन् । यसअघि पहिलो खेलमा पनि सन्दीप टिममा परेका थिएनन् ।

नेपाली टिममा रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आसिफ सेख, करण केसी, आदिल आलम, ललित नारायण राजवंशी, गुलशन झा र सोमपाल कामी छन् ।

शनिबार भएको पहिलो खेलमा नेपालले वेष्ट इन्डिजविरुद्ध ऐतिहासिक जित निकालेको थियो । नेपालले आईसीसीको टेस्ट टोलीमाथि जित निकालेको पहिलो पटक हो ।

नेपाली टोली यो खेलमा जित निकाल्दै तीन खेलको सिरिज एक खेल अगावै आफ्नो पक्षमा पार्ने लक्ष्यका साथ मैदान उत्रिएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ८ : २९ बजे

काठमाडौं महानगरका १२५ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रा

काठमाडौं – काठमाडौं महानगरपालिका–११ बाट ७० वर्ष उमेर पूरा गरेका

हराएको डेढ महिनाअघि जङ्गलमा शव भेटियो

म्याग्दी – डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

राप्रपा फुटको संघारमा, कार्यकर्तालाई एकजुट हुन तीन पूर्वअध्यक्षको अपिल

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र देखिएको आन्तरिक असन्तुष्टि

सर्लाहीमा करेन्ट लागेर एक महिलाको मृत्यु

सर्लाही – चापाकलमा जोडेको मोटरबाट करेन्ट लाग्दा रामनगरका एक महिलाको

‘नेपाल–भारतबीच पत्रकारिता क्षेत्रमा सहकार्य विस्तारमा जाेड’

भैरहवा – नेपाल र भारतका सञ्चारकर्मीले दुई देशबीचको सम्बन्धलाई थप