आज २०८२ साल असोज १४ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८२ साल असोज १४ गते मंगलबारको राशिफल


१४ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असोज १४ गते मंगलबार। आश्विन शुक्ल पक्षको महाअष्टमी तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर ३० तारिख। नवरात्रको आठौं दिन। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। दाजुभाइसँग गरेको कारोबारले तपाईंलाई फाइदा हुनेछ। शिक्षा र स्वास्थ्यमा प्रगतिका पाइला अगाडि बढ्नेछन्। सामाजिक क्षेत्रमा अघि नबढ्नु उचित हुनेछ। धर्मकर्ममा मन जानेछ।

वृष : दिन राम्रो छ। व्यापारमा गरेको लगानीबाट फाइदा मिल्नेछ। मित्र बढ्नेछन्। महत्वपूर्ण निर्णय गर्नुअघि अग्रजको सल्लाह लिनु राम्रो हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन राम्रो छ। बोलीको प्रभावले काम बन्नेछन्। धार्मिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। स्वदेशमै रोजगारीको अवसर मिल्नेछ।

कर्कट : दिन सामान्य राम्रो छ। स्वदेशको भन्दा विदेशको रमझमले मन आकर्षित गर्नेछ। धार्मप्रति अनास्था बढ्नेछ। परिवारको विश्वास मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : दिन राम्रो छ। लगानीका क्षेत्र सबल बन्नेछन्। शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट फाइदा मिल्नेछ। गीत संगीतको क्षेत्रमा मन जानेछ। गोप्य रूपमा गरेको काममा सफलता मिल्नेछ।

कन्या : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। व्यापार व्यवसायमा घाटा हुनेछ। धार्मिक कार्यमा समय दिनु उचित हुन्छ। शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्ने छ।

तुला : दिन राम्रो छ। तपाईंको प्रतिभाको सम्मान हुनेछ। तपाईंको कला प्रदर्शन गर्ने दिन छ। राजनीतिक र सामाजिक क्षेत्रमा सहभागी हुने अवसर मिल्नेछ। नयाँ योजना बन्नेछन्।

वृश्चिक : दिन राम्रो छ। धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुहोला। सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या आउन सक्छ।

धनु : दिन राम्रो छ। साथी भाइसँग रमाइलो भेटघाट हुनेछ। धार्मिक क्षेत्रमा मन आकर्षित हुनेछ। दीर्घकालीन कामका लागि नयाँ योजना बन्नेछ। कार्यक्षेत्रमा तपाईंको प्रशंसा हुनेछ।

मकर : दिन सामान्य छ। व्यापार व्यवसायमा घाटा हुने दिन छ। स्वास्थ्यले साथ दिए पनि सामाजिक र राजनीतिक क्षेत्रमा त्रास बढ्नेछ। एक्लै निर्णय लिनुभन्दा परिवारको साथ लिएर काम गरेमा फाइदा हुनेछ।

कुम्भ : दिन राम्रो छ। दैनिक काममा देखिएका समस्या समाधान हुँदै जानेछन्। स्वास्थ्य र शिक्षामा गरेको प्रयास सफल बन्नेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। साथीको साथमा महत्त्वपूर्ण काम बन्नेछ।

मीन : दिन सामान्य छ। मध्ये साढेसातीको दशा चलिरहेकाले सोचेका काम नबन्ने जोखिम छ। हरेक काममा झन्झट आइ पर्नेछ। शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  ५ : ०२ बजे

तीनजना प्रहरी नायव महानिरीक्षकहरूको सरुवा

काठमाडौं- गृह मन्त्रालयले तीन जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को

गाजामा युद्धविराम उल्लङ्घन, चार जना प्यालेस्टिनीको मृत्यु

एजेन्सी– गाजाको खान युनूस सहरलाई लक्षित गरी सोमबार भएको इजरायली

जेन-जी आन्दोलनका घटनामा ओलीको दोष छैन, उहाँले त उदारता देखाउनु भयो : प्रदीप ज्ञवाली

काठमाडौं- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली एमालेमा अहिले पार्टीमा अध्यक्ष

कर्णालीको बलिङमा दबदबा, सुदूरपश्चिमले दियो १४० को सामान्य लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग अन्तर्गत सोमबारको दोस्रो खेलमा बलिङमा

स्वास्थ्य सामग्रीको ठेक्का घोटाला अरोपमा सात जनाविरुद्ध अख्तियारमा मुद्दा 

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडाका