इंग्लिस प्रिमियर लिग : एभर्टन र वेष्टह्यामले खेले बराबरी « Khabarhub

इंग्लिस प्रिमियर लिग : एभर्टन र वेष्टह्यामले खेले बराबरी


१४ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र वेष्टह्याम युनाइटेडले बराबरी खेलेका छन् । आज बिहान सम्पन्न खेलमा दुवै टोलीले एक–एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

एभर्टनका लागि माइकल किन र वेष्टह्याम युनाइटेडका जेरोड बेवोनले गोल गरेका थिए । एभर्टनका लागि किनले खेलको १८औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवात अग्रता दिलाएका थिए । तर ६५औँ मिनेटमा वेष्टह्यामका बेवोनले गोल फर्काउँदै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

यो बराबरीसँगै एभर्टन ६ खेलबाट ८ अंकका साथ तालिकाको नवौँ स्थानमा रहेको छ । समान खेलबाट ४ अंक जोडेको वेष्टह्याम अन्तिमबाट दोस्रोमा छ ।

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  ९ : ०३ बजे

मधेशमा गगनको सन्देश : अन्तर्घात र गुटको अन्त्य भए कांग्रेसले बहुमत सीट जित्छ

काठमाडौं– पाँच दिन लामो बसाइपछि कांग्रेस सभापति गगन थापा सर्लाहीबाट

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ सम्पन्न

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं– सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार ५७३

अन्तिम श्रद्धाञ्जलीपछि पत्रकार सिटौलालाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग

रोहित शेट्टीको घरमा फायरिङ : बिश्नोई गिरोहको धम्की

काठमाडौं– बलिउडका चर्चित निर्देशक रोहित शेट्टीको मुम्बईस्थित जुहूको घर ‘शेट्टी