क्यानले भन्यो- सन्दीपलाई वेस्ट इन्डिजसँगको अन्तिम दुई खेलमा निलम्बन गरियो « Khabarhub

क्यानले भन्यो- सन्दीपलाई वेस्ट इन्डिजसँगको अन्तिम दुई खेलमा निलम्बन गरियो


१५ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


999
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल क्रिकेट सङ्घ क्यानले पूर्वकप्तान सन्दीप लामिछानेलाई वेस्ट इन्डिजसँगको युनिटी कप सिरिजअन्तर्गतका अन्तिम दुई खेलमा निलम्बन गरिएको जानकारी दिएको छ ।

क्यानले बुधबार साँझ विज्ञप्ति जारी गर्दै सन्दीपलाई सिरिजका अन्तिम दुई खेलमा निलम्बन गरिएको जनाएको हो ।

सेप्टेम्बर २७ मा पहिलो खेल सुरु हुनुभन्दा करिब ४५ मिनेटअघि सन्दीपले आफैं नखेल्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । उनको उक्त निर्णयले टिम म्यानेजमेन्ट, खेलाडी एवम समग्र नेपाली क्रिकेटमै गम्भीर असर पर्न गएको विज्ञप्तिमा उल्लेख छ ।

सन्दीपले अन्तिम समयमा खेल्न अस्वीकार गरेपछि व्यवस्थापनको सिफारिसमा बाँकी खेल तथा सम्पूर्ण सिरिजका लागि उनलाई निलम्बन गरिएको जनाइएको छ ।

यद्यपि, अक्टोबर ८ देखि ओमानमा हुने आईसीसी टी-२० विश्वकप छनोटमा सन्दीप सहभागी हुने क्यानले जनाएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८२, बुधबार  ७ : ४३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको