काठमाडौं- नेपाल क्रिकेट सङ्घ क्यानले पूर्वकप्तान सन्दीप लामिछानेलाई वेस्ट इन्डिजसँगको युनिटी कप सिरिजअन्तर्गतका अन्तिम दुई खेलमा निलम्बन गरिएको जानकारी दिएको छ ।
क्यानले बुधबार साँझ विज्ञप्ति जारी गर्दै सन्दीपलाई सिरिजका अन्तिम दुई खेलमा निलम्बन गरिएको जनाएको हो ।
सेप्टेम्बर २७ मा पहिलो खेल सुरु हुनुभन्दा करिब ४५ मिनेटअघि सन्दीपले आफैं नखेल्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । उनको उक्त निर्णयले टिम म्यानेजमेन्ट, खेलाडी एवम समग्र नेपाली क्रिकेटमै गम्भीर असर पर्न गएको विज्ञप्तिमा उल्लेख छ ।
सन्दीपले अन्तिम समयमा खेल्न अस्वीकार गरेपछि व्यवस्थापनको सिफारिसमा बाँकी खेल तथा सम्पूर्ण सिरिजका लागि उनलाई निलम्बन गरिएको जनाइएको छ ।
यद्यपि, अक्टोबर ८ देखि ओमानमा हुने आईसीसी टी-२० विश्वकप छनोटमा सन्दीप सहभागी हुने क्यानले जनाएको छ ।
प्रतिक्रिया