मिथिलामा आज रावण वध उत्सव मनाइँदै « Khabarhub

मिथिलामा आज रावण वध उत्सव मनाइँदै


१६ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– मधेसको मिथिला क्षेत्रमा विजयादशमीका दिन आज रावण वध उत्सव हुँदैछ । महोत्तरीको मटिहानीमा आज विजयादशमीका दिन रावण वध उत्सव मनाइने भएको हो । श्रीराम मिथिलाका ज्वाइँ भएको र यहाँकी छोरी सीताको हरणकर्ता भएर पनि रावण वध मैथिलहरूका लागि उत्सव बन्दै आएको मानिन्छ ।

वर्षौंदेखि विजयादशमीका दिन श्रीरामले असुर रावणको सम्हार गरेको स्मरणमा प्रतिकात्मक रूपमा उत्सव मनाउने परम्परा रहँदै आएको छ । विजयादशमीको दिन साँझको बेला दशानन (दश टाउको भएको) अजङ्को रावण प्रतिमालाई श्रीरामले चलाएको तीरले शिरछेदन गरिएको दृश्य देखाएर उत्सव मनाउने परम्परा गरिएको छ । यस प्रयोजनका लागि दुर्गा मन्दिर परिसरमा अजङ्को रावणको पुतला बनाइएको मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डल बताए ।

मिथिलामा विजयादशमीका दिन देवी विसर्जनसँगै यसै दिन श्रीरामले रावणलाई सम्हार गरेको विश्वासमा रावण वध उत्सवको परम्परा रहँदै आएको छ । यसैअनुसार मटिहानीमा वर्षौं वर्षदेखि यो उत्सव मनाउन थालिएको उनको भनाइ छ ।

दशहारा (दशैँ) पर्व सत्य युगमा देवी दुर्गाले चण्ड, मुण्ड र रक्तविजसहितका दैत्यको सम्हार गरेको प्रतीकात्मक रहेझैँ मटिहानीमा रावण वध पनि जोडिएर आएको विश्वास गरिन्छ । सत्ययुगमा देवीले दैत्य सम्हार गरेझैँ त्रेता युगमा श्रीरामले रावणसहितका असुर प्रवृत्तिको अन्त्य गरेको यही असोज शुक्लपक्षमा रहेको मानिन्छ । खासगरी देवीले नवमीसम्म र श्रीरामले रावणको दशमीकै दिन सम्हार गरेको विश्वासमा मटिहानीमा रावण वध उत्सवको परम्परा चलेको मटिहानी–७ निवासी प्रेस स्वतन्त्रता सेनानी ९० वर्षीय विन्देश्वरीप्रसाद मण्डलको कथन छ ।

मटिहानीमा ‘वध’ गरेको देखाइने रावणको अजङ्को प्रतिमा भोलिपल्ट उल्लासमय वातावरणमा बाजागाजासाथ जलाशयमा पु¥याइ गहिरो पानीमा विसर्जन गर्ने परम्परा रहेको छ । (रासस)

प्रकाशित मिति : १६ आश्विन २०८२, बिहीबार  ९ : ४१ बजे

विज्ञानमा महिला तथा बालिकाको सहभागिता बढाउनुपर्नेमा जोड

काठमाडौं– आज ‘विज्ञानमा महिला तथा बालिकाहरूको अन्तर्राष्ट्रिय’ दिवस हो ।

राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पारित गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

गायक-गायिकालाई महोत्सवकाे चटारो : को कति व्यस्त ?

काठमाडौं – कुनैबेला एल्बम बेचेर मनग्य कमाउने गायक-गायिकालाई अहिले मेला-महोत्सवले

विश्वकप : अभ्यासमा व्यस्त नेपाल, बिहीबार इटालीसँग भिड्दै

काठमाडौं – आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले

उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल