यस वर्षको मनसुन केही ढिला बाहिरिने | Khabarhub Khabarhub

यस वर्षको मनसुन केही ढिला बाहिरिने


१७ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा गएको जेठ १५ गते भित्रिएर असार ६ गते देशभर फैलिएको मनसुन केही समय ढिला मात्रै बाहिरिने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन बाहिरिने सरदर मिति अटोबर २ अर्थात् बिहीवार रहे पनि मनसुन उत्तरार्द्धमा पुगेका बेला पुन सक्रिय भएको छ । मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यो वर्ष १५ दिन अगावै नेपालमा प्रवेश गरेको र बाहिरिन पनि केही समय ढिला हुने बताए ।

मनसुनी वायुको प्रभाव, स्थानीय प्रणाली र बङ्गालको खाडीबाट उत्पन्न न्युन चापीय प्रणालीका कारण आज अपराह्नदेखि केही दिन अति भारीसम्म वर्षा हुने गरी मौसम बदली देखिएको उनले जानकारी दिए ।

वरिष्ठ मौसमविद् अर्यालले शनिबार र आइतबार बढी वर्षा हुने जानकारी दिँदै सोमबारबाट भने क्रमशः सुधार हुँदै जाने बताए । ‘त्यसपछि पश्चिम वायुको प्रभाव कसरी आउँछ, त्यसले मनसुन बाहिरिने कुराको निर्धारण गर्छ’, उनले भने ।

यस वर्षको मनसुन जेठ १५ गते देशको पूर्वी भागबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भूभागमा विस्तार भएकोमा जेठ २९ गते मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागसम्म फेलिएको थियो । असार ६ देखि भने देशभर फैलिएको थियो । (रासस)

प्रकाशित मिति : १७ आश्विन २०८२, शुक्रबार  ११ : २६ बजे

घरपालुवा जनावरका लागि खोप अभियान सञ्चालन गरिँदै

कञ्चनपुर– भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले स्थानीय तहसँग समन्वय

मांसहारलाई न्यूनतम बनाउन स्वास्थ्य विज्ञहरूको जोड

एजेन्सी– अन्तर्राष्ट्रिय स्तरका स्वास्थ्य विज्ञहरूले पुनः एक पटक जोड दिँदै

राति यात्रा नगर्न सडक विभागको अनुरोध

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म मुलुकका

ओलीलाई बौद्धिक परिषद्को सुझाव- महाधिवेशन नकुरी एमालेको सत्ता छाड्नू

काठमाडौं – नेपाल बौद्धिक परिषद्ले नेकपा एमाले अध्यक्ष केपी शर्मा

भक्तपुरमा पायःद्यो र तलेजु बाहन सेता घोडा जात्रा सम्पन्न

काठमाडौं– बडादसैँँको दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग