प्रदेश अस्पतालमा विशेषज्ञ चिकित्सकको व्यवस्था « Khabarhub

प्रदेश अस्पतालमा विशेषज्ञ चिकित्सकको व्यवस्था


१७ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

दमौली– यहाँस्थित प्रदेश अस्पतालमा विशेषज्ञ चिकित्सकको व्यवस्था गरिएको छ । गण्डकी प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालमा  पेट, मुटु तथा छाती तथा बालरोग विशेषज्ञको व्यवस्था गरेको हो । 

अस्पतालका प्रमुख डा. परिवर्तन बरालका अनुसार विशेषज्ञ सेवाका निम्ति सर्वसाधारण जिल्ला बाहिर जानुपर्ने अवस्थाको अन्त्य गर्न सरकारले विशेषज्ञ चिकित्सकको व्यवस्था गरेको हो । यसअघि विशेषज्ञ सेवाका लागि पोखरा, भरतपुर, काठमाडौँ जानुपर्ने बाध्यता थियो । 

प्रदेश अस्पताललाई ५० शय्यामा विस्तार गर्ने मन्त्रिपरिषद्ले निर्णय गरिसकेको तथा हाल पद दर्ताको प्रक्रिया अगाडि बढाइएको उनले बताए। गत आवमा उक्त अस्पतालबाट एक लाख सात हजार ९८३ जनाले सेवा लिएका थिए ।

प्रकाशित मिति : १७ आश्विन २०८२, शुक्रबार  १२ : ३६ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००