थारू समुदायमा सखिया नाचको रौनक (तस्बिरहरू) | Khabarhub Khabarhub

थारू समुदायमा सखिया नाचको रौनक (तस्बिरहरू)


१७ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजापुर नगरपालिका-५ खल्लाजयपुर, बर्दिया का थारू समुदायमा अहिले ‘सखिया नाच’ को रौनकले भरिएको छ । दसैँ अघि सुरु भएर दसैँ सकिएको केही दिनसम्म नाचिने सो नाचले थारू गाउँबस्तीको रौनक बढाएको हो ।  

थार गाउँमा दसैँ सुरु भएसँगै सखिया नाचको रौनक सुरु हुने खल्लाजयपुरका बडघर प्रदेशी चौधरीले बताए। उनका अनुसार यो नाचमा युवती नाच्ने र युवाले मादल बजाउने गर्छन् । जति धेरै मादल बज्यो त्यति रौनक आउँछ । २० देखि २५ जना सखिया नाच्ने युवतीले सेतो रङको फरिया, रातो चोलिया र रातै रङको रिबन लगाउने गर्छन् । 

महाभारत कथासँग जोडिएको सखिया नाच सामूहिक रूपमा मादल र मञ्जिरा बजाउँदै, गीत गाउँदै नाचिन्छ। धार्मिक तथा सांस्कृतिक महत्त्व रहेको यो नाचमा थारू समुदायका हरेक देवीदेउताका नाम सम्बोधन गरेर सखिया गीत गाइन्छ।

‘नयाँ पुस्ताले आफ्नो संस्कृति बिर्सँदै गएको र थारू संस्कृति जोगाइराखन पनि यो नाच लाई सँधै निरन्तरता दिन यो नाच हामी हरेक वर्ष नाच्ने गर्छौँ बड्घर प्रदेशी चौधरी बताउँछन । 

प्रकाशित मिति : १७ आश्विन २०८२, शुक्रबार  १ : ४२ बजे

प्रतिशोधको राजनीति नगर्न सरकारलाई महेश बस्नेतको चेतावनी

काठमाडौं- नेकपा एमालेका नेता महेश बस्नेतले प्रतिशोधको राजनीति नगर्न सरकारलाई

खोक्सिकमा ‘एक घर एक धारा’ अभियान अन्तिम चरणमा

भोजपुर- भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ खोक्सिकमा सञ्चालन गरिएको ‘एक घर

राहुघाट जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी– नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

कोत्रे–मुग्लिन–नागढुङ्गा र मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह

डुम्रे– पृथ्वी राजमार्गको कोत्रे–मुग्लिन–नागढुङ्गा र मुग्लिन–नारायणगढ सडकमार्फत यात्रा गर्दा सचेतता

कुलमानले भने- उज्यालो नेपाल पार्टीमा मेरो कुनै संलग्नता छैन

काठमाडौं– ऊर्जामन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टीमा आफ्नो कुनै संलग्नता