मध्यपुरथिमिमा खाँ पिहाँवइगु जात्रा सम्पन्न | Khabarhub Khabarhub

मध्यपुरथिमिमा खाँ पिहाँवइगु जात्रा सम्पन्न


१७ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– असोज शुक्ल पक्षको एकादशीका अवसरमा शुक्रबार भक्तपुरको मध्यपुरथिमिमा मल्लकालीन युद्धको झल्को दिने खाँ पिहाँवइगु (खाँ निस्कने) जात्रा सम्पन्न भएको छ ।  

तत्कालीन राजदरबारको रुपमा रहेको लाय्कुस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल, युद्धकवजलगायत मल्लकालीन युद्धमा प्रयोग हुने साधन बोकेर युद्ध कला प्रदर्शन गर्दै उक्त जात्रा सम्पन्न गरिन्छ ।

दरबारसँग सम्बन्धित फरक समुदायलाई सहभागी गराइने खाँ पिहाँवइगु जात्रामा गुठीयारले जामा लगाई खड्ग, ढाल र तरबार हातमा बोकेर नगरका विभिन्न टोलमा तत्कालीन युद्धकला प्रदर्शन गर्दछन् ।

तत्कालीन दरबारबाट निकालिने यो जात्रालाई थहनेया टोल (माथिल्लो टोल)को रूपमा इनाएटोल, दुईपोखरी हुँदै दिगु भैरवसम्म र कोहनेया टोल (तल्लो टोल)को रूपमा दथुटोल हुँदै बालकुमारीसम्म प्रदर्शन गरिएको थियो ।

जात्रामा दशैँको नवमीमा तलेजु भवानीलाई चढाइएको बलि र कोतभित्र अवस्थित देवता र दरबारको राजदण्डलाई सम्मिलित गराएर नगर परिक्रमा गराइन्छ ।

जात्राका अवसरमा बालकुमारीमा कुभिन्डो मार हानेर बलि दिइन्छ । बलि दिइएको कुभिन्डो प्रसादको रुपमा लिए रोगबाट बच्न सकिने जनविश्वास रहेको छ । जात्रा अवलोकनका लागि स्थानीयवासीको ठूलो भीड लाग्ने गर्दछ । 

प्रकाशित मिति : १७ आश्विन २०८२, शुक्रबार  २ : २५ बजे

सिन्धुपाल्चोकमा राति सवारी चलाउन नपाइने

सिन्धुपाल्चोक– जल तथा मौसम विज्ञान विभागले भारीदेखि अति भारी वर्षा

प्रतिशोधको राजनीति नगर्न सरकारलाई महेश बस्नेतको चेतावनी

काठमाडौं- नेकपा एमालेका नेता महेश बस्नेतले प्रतिशोधको राजनीति नगर्न सरकारलाई

खोक्सिकमा ‘एक घर एक धारा’ अभियान अन्तिम चरणमा

भोजपुर- भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ खोक्सिकमा सञ्चालन गरिएको ‘एक घर

राहुघाट जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी– नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

कोत्रे–मुग्लिन–नागढुङ्गा र मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह

डुम्रे– पृथ्वी राजमार्गको कोत्रे–मुग्लिन–नागढुङ्गा र मुग्लिन–नारायणगढ सडकमार्फत यात्रा गर्दा सचेतता