मांसहारलाई न्यूनतम बनाउन स्वास्थ्य विज्ञहरूको जोड « Khabarhub

मांसहारलाई न्यूनतम बनाउन स्वास्थ्य विज्ञहरूको जोड


१७ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अन्तर्राष्ट्रिय स्तरका स्वास्थ्य विज्ञहरूले पुनः एक पटक जोड दिँदै स्वस्थ आहारमा मासुको खपत न्यूनतम राखिनु आवश्यक रहेको बताएका छन् । 

यसअघि प्रस्तुत गरिएको र खाद्य उद्योगले तीव्र रूपमा अस्वीकार गरेको निष्कर्षलाई थप दृढ पार्दै विज्ञहरूले शुक्रबार प्रकाशित प्रतिवेदनमार्फत आफ्ना सिफारिसहरू दोहोर्‍याएका हुन् ।

विश्वप्रसिद्ध मेडिकल जर्नल द ल्यान्सेटमा प्रकाशित प्रतिवेदनका लेखकहरूका अनुसार स्वस्थ आहार मुख्यतः बोटबिरुवामा आधारित हुनुपर्छ । यसमा पशुजन्य आहारलाई केवल मध्यम मात्रामा मात्र समावेश गरिनु पर्ने र चिनी, स्याचुरेटेड फ्याट तथा नुनको खपत यथासम्भव कम गर्नुपर्ने उल्लेख गरिएको छ ।

यो प्रतिवेदनले सन् २०१९ मा प्रकाशित अध्ययनलाई आधार मानेको छ । त्यतिबेला सो अध्ययनले विश्वभर मासुको खपतलाई न्यूनतम बनाउनुपर्ने सुझाव दिएको थियो, तर उक्त अध्ययनले कृषि-खाद्य उद्योगका तर्फबाट निकै प्रतिरोधको सामना गर्नुपरेको थियो । धेरै औद्योगिक सङ्घहरूले उक्त सुझावलाई अतिरञ्जित, खतरनाक र स्थानीय परिकार तथा उपभोग संस्कृतिका लागि अनुपयुक्त भन्दै अस्वीकार गरेका थिए ।

यद्यपि वैज्ञानिक समुदायले भने उक्त सिफारिसलाई सकारात्मक रूपमा लिएको थियो । यद्यपि आलोचकहरूले अध्ययनले पौष्टिक आहार लिनमा बाधा पुर्‍याउने विश्वभरको खाद्य पहुँचमा देखिने सामाजिक-आर्थिक असमानतालाई पर्याप्त सम्बोधन नगरेको बताएका थिए ।

यसपटक आयोगले वातावरणमैत्री र स्वास्थ्यलाई सन्तुलनमा राख्ने आहारमा जोड दिएको छ । तथापि, प्रतिवेदनको सबैभन्दा धेरै प्रतीक्षित भाग अद्यावधिक गरिएको ‘ग्रह स्वास्थ्य आहार’ (प्लानेटरी हेल्थ डाइट) सम्बन्धी तथ्यांक थियो ।

विज्ञहरूले नयाँ सिफारिस तयार गर्दा हालसालका सबैभन्दा विश्वसनीय र अद्यावधिक अनुसन्धानलाई आधार मानेको बताएका छन् । अन्ततः ती सिफारिसहरू सन् २०१९ का नतिजासँग धेरै फरक नभएको पनि उनीहरूको निष्कर्ष छ ।

ताजा प्रतिवेदनअनुसार गाई, भेडा र सुँगुरको मासुको खपत दैनिक १५ ग्राम ९०.५ औंस० भन्दा बढी हुनु हुँदैन । सन् २०१९ मा यो सीमा १४ ग्राम तोकिएको थियो । यद्यपि यो सिफारिस झण्डै समान नै छ ।

यसका अतिरिक्त व्यक्तिले दैनिक रूपमा करिब २०० ग्राम तरकारी, ३०० ग्राम फलफूल र २१० ग्राम अन्न खानुपर्ने सिफारिस गरिएको छ। दुग्धजन्य पदार्थको दैनिक खपत २५० ग्राम हुनु उपयुक्त देखाइएको छ भने माछा वा समुद्री खाना ३० ग्राम र कुखुराजस्तो सेतो मासु मध्यम मात्रामा ग्रहण गर्न सिफारिस गरिएको छ । यी तथ्यांकहरू पनि धेरै हदसम्म सन् २०१९ मा तय गरिएका मानकहरूसँग मेल खान्छन्।

शोधकर्ताहरूले प्रतिवेदनमार्फत यस्तो आहारको पालना स्वास्थ्य सुधारसँग प्रत्यक्ष रूपमा सम्बन्धित रहेको बताएका छन् । यसले दीर्घकालीन रूपमा सबै कारणले हुने मृत्युदरमा उल्लेख्य कमी ल्याउनेछ र आहारसँग सम्बन्धित प्रमुख दीर्घकालीन रोगहरूको जोखिमलाई पनि न्यून पार्नेछ ।

प्रकाशित मिति : १७ आश्विन २०८२, शुक्रबार  ३ : १५ बजे

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ