घरपालुवा जनावरका लागि खोप अभियान सञ्चालन गरिँदै « Khabarhub

घरपालुवा जनावरका लागि खोप अभियान सञ्चालन गरिँदै


१७ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले स्थानीय तहसँग समन्वय गरी घरपालुवा जनावरलाई सङ्क्रामक रोगबाट जोगाउनका लागि खोप अभियान सञ्चालन गर्ने भएको छ । 

केन्द्रका पशु विकास अधिकृत शिवराज भट्टका अनुसार गाईभैँसी, बाख्रा, बंगुरलगायतका घरपालुवा जनावरलाई विभिन्न सङ्क्रामक रोगविरुद्ध खोप लगाइने भएको हो ।

‘तत्काल खोप अभियानल सञ्चालनका लागि भेटेरिनरी सकायमा अध्यायन गरेका प्राविधिक, निजी क्षेत्रमा कार्यरत पशु स्वास्थ्यकर्मी तथा ग्रामीण पशु स्वास्थ्य कार्यकर्तालाई सूचीकृत गर्ने कार्य भइरहेको छ’, उनले भने, ‘तिहार पश्चात खोप अभियान सञ्चालन गर्छौ ।’

जिल्लाका नौ वटै स्थानीय तहलाई पत्राचार गरी पशु प्राविधिक सूचीकृतको कार्य अगाडि बढाइएको उनले जानकारी दिए । उनले खोप कार्यक्रमलाई पशुपालकका गोठमै पुगेर लगाउने व्यवस्था मिलाइने बताए। विगतका वर्षझैँ यसवर्ष पनि खोरेत, पीआर लगायतका खोप अभियान सञ्चालन हुने छन् । 

उनले भने, ‘शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका घरपालुवा जनावर जंगली जनावरको सम्पर्कमा आउने सम्भावना बढी हुन्छ, यसले गर्दा संक्रामक रोग सर्ने खतरा हुन्छ र त्यसैले खोप अभियानलाई यस क्षेत्रमा बढी केन्द्रित गर्छौ, त्यसबाहेकका क्षेत्रमा पनि खोप अभियान सञ्चालन हुन्छ ।’

घरपालुवा जनावरमा प्रायः खोरेत, पीपीआर लगायतका रोग देखिने गर्छ ।

यी रोगविरुद्ध समयमै खोप लगाउन नसक्दा ठूलो मात्रामा जनावर मर्ने, दूध-मासु उत्पादन घट्ने र किसानको जीविकोपार्जनमा गम्भीर असर पर्ने देखिन्छ । 
  
उनका अनुसार खोप लगाइएपछि पशुपालक किसानले आफ्नो जनावर रोगबाट सुरक्षित भएको अनुभूति गर्ने छन् । यसले दूध, मासु उत्पादनमा वृद्धि गर्ने मात्र होइन, पशुधनमा आधारित परिवारको जीवनस्तर सुधार गर्ने अपेक्षा गरिएको छ ।

रेविजविरुद्धको खोप भने भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमा बाह्रैमहिना किसानलाई निःशुल्क रुपमा उपलब्ध गराउने व्यवस्था रहेको छ । 
 

प्रकाशित मिति : १७ आश्विन २०८२, शुक्रबार  ३ : २२ बजे

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गा गणना सुरु

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजदेखि बाह्रसिङ्गा गणना सुरु गरिएको छ

लाङटाङ राष्ट्रिय निकुञ्जको ३१औँ वन्यजन्तु सप्ताह सम्पन्न

रसुवा– ‘सुरक्षित मानिस, संरक्षित वन्यजन्तु’ भन्ने मूल नाराका साथ जन

पनौतीमा नगर अस्पताल सञ्चालन

काभ्रे– काभ्रेको पनौती नगरपालिका–१० खोपासीमा नगर अस्पताल सञ्चालनमा ल्याइएको छ

नेपाल र युएईबीचको टी–२० शृंखलाको दोस्रो खेल आज हुँदै

काठमाडौँ- नेपाल र युएईबीचको टी–२० शृंखलाको दोस्रो खेल आज हुँदैछ