कोत्रे–मुग्लिन–नागढुङ्गा र मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह | Khabarhub Khabarhub

कोत्रे–मुग्लिन–नागढुङ्गा र मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह


१७ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

डुम्रे– पृथ्वी राजमार्गको कोत्रे–मुग्लिन–नागढुङ्गा र मुग्लिन–नारायणगढ सडकमार्फत यात्रा गर्दा सचेतता अपनाउन तनहुँ, चितवन र धादिङका  जिल्ला प्रशासन कार्यालयले संयुक्त सूचना जारी गरेका छन् । 

जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि यही असोज २० गतेसम्म भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेकाले संयमित भएर यात्रा गर्न ती कार्यालयले संयुक्त रुपमा अनुरोध गरेका हुन् । 

विभागका अनुसार भारी वर्षा हुनसक्ने पूर्वानुमान रहेको र उक्त पूर्वानुमानबमोजिन वर्षा भएमा सडक आवागमन थप जोखिमयुक्त हुनसक्ने सम्भावनालाई दृष्टिगत गर्दै संयुक्त रुपमा सूचना जारी गरी सार्वजनिक अपिल गरिएको छ । 

भारी वर्षा हुने पूर्वानुमान गरिएको समय (आगामी २० गते) सम्म अत्यावश्यकबाहेक यात्रा नगर्नुहुन, यात्रा गर्नुपर्दा दिनको समयमा आ–आफ्नो गन्तव्यमा पुग्नेगरी गर्नु हुन तथा रातको समयमा यात्रा नगर्नूहुन अनुरोध गरिएको तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए । उनका अनुसार यात्रा गर्नुपर्ने अवस्थामा सुरक्षा निकायबाट आवश्यक जानकारी लिएर मात्र गर्नुहुन अनुरोध गरिएको छ  ।

समय सीमाभित्र अत्यावश्यकबाहेक मालवाहक ठूला सवारिसाधन नचलाउन हुन पनि सूचनामा अनुरोध गरिएको छ । पूर्वानुमानबमोजिम वर्षा भएको खण्डमा वा त्यस्तो सम्भावना देखिएमा स्थानीय प्रशासनबाट राजमार्गमा आवागमन बन्द गर्नुपर्ने अवस्थासमेत आउन सक्ने भएकाले त्यस्तो अवस्थातर्फ सचेत एवं सतर्क रही आवश्यक सहयोग गरिदिनु हुन सम्पूर्ण यात्रु महानुभाव एवं सङ्घ–संस्थामा अपिल गरिएको प्रजिअ अधिकारीले बताए। 

सडकको अवस्थालगायत विषयमा गुनासो एवं थप जानकारीका लागि जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी शरणकुमार बिक ९८५६०६२२५५, जिल्ला प्रहरी कार्यालय धादिङ प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी प्रकाश दाहाल ९८५१२२९८६० र जिल्ला प्रहरी कार्यालय चितवन प्रहरी

प्रकाशित मिति : १७ आश्विन २०८२, शुक्रबार  ४ : ५२ बजे

विपद् पूर्वतयारी र प्रतिकार्यमा उच्च सक्रियताका साथ जुट्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विपद् पूर्वतयारी र प्रतिकार्यमा उच्च

मदिरा सेवनका कारण हरेक वर्ष २२ हजार श्रीलङ्कालीको मृत्यु

कोलम्बो- मदिरा सेवनका कारणले उत्पन्न समस्याका कारणले गर्दा वार्षिक करिब

रातको समयमा बेनी–जोमसोम सडक तीन दिन बन्द

म्याग्दी- स्थानीय प्रशासनले म्याग्दीको उत्तरी क्षेत्र हुँदै पर्यटकीय जिल्ला मुस्ताङलाई

बागलुङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते

ढोरपाटन- बागलुङमा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ

विपद् जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहन गृहमन्त्रीको निर्देशन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सम्भावित विपद् जोखिम व्यवस्थापन र न्यूनीकरणका