जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस् « Khabarhub

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्


१८ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असोज १८ गते शनिबार। आश्विन शुक्ल पक्षको द्वादशी तिथि। तदनुसार सन् २०२५ अक्टोबर ४ तारिख। विश्व पशु दिवस।

शनिबारका दिन शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको व्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराबारे जानकारी लिनु आवश्यक हुन्छ।

शनि देवलाई एक महत्त्वपूर्ण देवता भनिएको छ। शनि देवले हाम्रा कार्यहरूमा फल प्रदान गर्दछन्। शनी भगवान सूर्यका पुत्र हुन्। उनमा आमाको छाया छ। यमराज उनका भाइ हुन् र यमुना उनकी बहिनी हुन्।

जसले कडा परिश्रम, अनुशासनमा र धर्म पछ्याउने काम गर्दछ। उसको सम्मान गर्नुपर्दछ। शान्त रहन हरेक शनिबार तेल दान गर्नुपर्छ।

हरेक शनिबार शनिको साथ, पिपलको पनि विशेष पूजा गर्नुपर्छ। पिपलमा पानी हाल्दा फल पक्कै मिल्नेछ। शनिबार कालो तिल दान गर्नुहोस्। छालाका जुत्ता र चप्पल पनि दान गर्दा शुभ मानिन्छ।

हरेक हप्तामा शमीको रूखलाई पनि पूजा गर्नुहोस्। तथा शनिबार हनुमानको सामुन्ने सर्सुको तेलको दीप जलाएर हनुमान चालीसाको पाठ गर्दा राम्रो हुने हिन्दु धर्मशास्त्रमा उल्लेख छ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ५ : २३ बजे

हेलिकप्टरमार्फत गर्भवतीको उद्वार

सिमकोट (हुम्ला )- सुत्केरी व्यथा लागेकी एक जना गर्भवतीको आज

पदबहाली गर्दै पर्यटनमन्त्री भन्छन्- समृद्धिको खाका मन्त्रालयबाट सुरू हुन्छ

काठमाडौं– नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आज

पौने १९ करोड अपचलन गर्ने सहकारी सञ्चालकविरुद्ध मुद्दा

काभ्रेपलाञ्चोक– सहकारीको १८ करोड ७६ लाख चार हजार ५३२ रुपैयाँ अपचलन

पश्चिम एशियामा तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

पेरिस- पश्चिम एशियामा जारी द्वन्द्वले सैन्य आक्रमण र कूटनीतिक प्रयासलाई