दशैँ टीकाको तेस्रो दिन : आशीर्वाद थाप्नेक्रम निरन्तर | Khabarhub Khabarhub

दशैँ टीकाको तेस्रो दिन : आशीर्वाद थाप्नेक्रम निरन्तर


१८ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज आश्विन शुक्ल द्वादशीमा समेत दशैँको टीका लगाउनेको चहलपहल जारी छ । विजय दशमीका दिन नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्न सुरुभएपछि एकादशी र द्वादशीमासमेत टीका र आशीर्वाद लिन मान्यजनकामा पुग्नेक्रम जारी रहेको हो ।

नौरथको नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको हो । बिहीबार टीका लगाउन नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन्।

पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिन मात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ। नेपालको उपत्यकासहित पूर्व क्षेत्रमा भने दशैँ पूर्णिमासम्म मनाइन्छ ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ५ : ५३ बजे

पूर्वसावधानी अपनाउन रसुवा प्रशासनको अनुरोध

रसुवा– जिल्ला प्रशासन कार्यालय रसुवाले शनिबार बिहानैदेखि वर्षा निरन्तर बढिरहेकाले

काठमाडौं भित्रिने र बहिरिनेसहित लामो दूरीका यातायात तीन दिन बन्द 

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौंबाट बाहिरिने

काठमाडौँ महानगर १४ मा सडक कटानले केही घर जोखिममा

काठमाडौं – काठमाडौं महानगरपालिका १४ स्थित कुइनर हाउजिङ्ग नजिक सडक

नागढुङ्गासहितका नाकाहरूमा ट्राफिक प्रहरीको ‘माइकिङ’, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं– देशभर मनसुन सक्रिय भएसँगै वर्षातका कारण सडक दुर्घटनाको जोखिम

मलेसियाविरुद्धको टी-२० सिरिज : दोस्रो खेलमा नेपाल ६ विकेटले विजयी

काठमाडौं – अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको दोस्रो खेलमा नेपालले मलेसियामाथि ६