देशभर मौसम बदली : के छ २४ घण्टाको मौसम पूर्वानुमान ? | Khabarhub Khabarhub

देशभर मौसम बदली : के छ २४ घण्टाको मौसम पूर्वानुमान ?

अधिकांश प्रदेशमा भारी वर्षाको सम्भावना


१८ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायूको) प्रभाव रहेको छ। शनिबार दिउँसो देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।

त्यसैगरी शनिबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा अधिकांश बदली रही बाँकी प्रदेशमा साधारणतया बदली रहने महाशाखाले जनाएको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका अधिकांश स्थानहरूमा, लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन–चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा तथा मधेश प्रदेशलगायत लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ६ : १५ बजे

काठमाडौँ महानगर १४ मा सडक कटानले केही घर जोखिममा

काठमाडौं – काठमाडौं महानगरपालिका १४ स्थित कुइनर हाउजिङ्ग नजिक सडक

नागढुङ्गासहितका नाकाहरूमा ट्राफिक प्रहरीको ‘माइकिङ’, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं– देशभर मनसुन सक्रिय भएसँगै वर्षातका कारण सडक दुर्घटनाको जोखिम

मलेसियाविरुद्धको टी-२० सिरिज : दोस्रो खेलमा नेपाल ६ विकेटले विजयी

काठमाडौं – अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको दोस्रो खेलमा नेपालले मलेसियामाथि ६

काभ्रेमा वर्षाले जोखिम बढेपछि सतर्क रहन सुरक्षा निकायबाट ‘माइकिङ’

काभ्रे– लगातारको वर्षा पछि बढ्दो बाढी र पहिरोको जोखिमलाई मध्यनजर

प्रतिकूल मौसमका कारण त्रिभुवन विमानस्थलबाट उडान बन्द

काठमाडौं– अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २ घण्टाका लागि