वेस्ट इन्डिजविरुद्ध बल र ब्याटमा भारतको दबदबा : तीन ब्याट्सम्यानले बनाए शतक « Khabarhub

वेस्ट इन्डिजविरुद्ध बल र ब्याटमा भारतको दबदबा : तीन ब्याट्सम्यानले बनाए शतक


१८ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


783
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वेस्ट इन्डिडविरुद्धको टेस्टको सुरुवातमै भारतको बल र ब्याटमै दबदबा देखिएको छ। अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा सुरु भएको टेस्टको पहिलो दिन वेस्ट इन्डिजले कमजोर प्रदर्शन गरेपछि भारतको दबदबा देखिएको हो।

टस जितेर सुरुमा ब्याटिङ गरेको वेस्ट इन्डिजको पहिलो इनिङ्स कमजोर भयो। उसले ४४ ओभर १ बल खेल्दा सबै विकेट गुमाएर मात्र १६२ रन बनाउन सक्यो।

वेस्ट इन्डिजलाई सस्तैमा समेट्न भारतका मोहम्मद सिराजले चार विकेट हात पार्दा जसप्रित बुमराहले तीन विकेट लिए भने कुलदीप यादवले दुई विकेट हात पारे। वासिङ्टन सुन्दरको नाममा एक विकेट रहयो।

पहिलो दिन नै जवाफी ब्याटिङ गरेको भारतले दुई विकेटको समाप्तिमा १२१ रन बनाएको थियो। दोस्रो दिन भारतले वेस्ट इन्डिजविरुद्ध सानदार ब्याटिङ गरेको छ। उसका तीन ब्याट्सम्यानले शतक प्रहार गरेका छन्।

केएल राहुलले १९७ रनको सामना गर्दै १०० सन बनाउँदा १२ चौका प्रहार गरे। ध्रुब जुरेलले २१० बलको सामना गर्दा १४ चौका र तीन छक्काको मद्दतमा १२५ रन बनाएका छन्। रविन्द्र जडेजाले भने नटआउट १०४ रन बनाउँदा कप्तान शुभमन गिलले अर्धशतक प्रहार गरेका छन्। दोस्रो दिनको खेल सकिँदा १२८ ओभर खेलेको भारतले पाँच विकेटको क्षतिमा ४४८ रन बनाएको छ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ७ : ०८ बजे

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित

मेचीनगरका माध्यमिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभियान

झापा– लैङ्गिक हिंसा रोकथामका लागि मेचीनगर नगरपालिकाले दश वटा माध्यमिक