हेटौँडा-काठमाडौँ सडकमा सवारीसाधन सञ्चालन गर्न नपाइने | Khabarhub Khabarhub

हेटौँडा-काठमाडौँ सडकमा सवारीसाधन सञ्चालन गर्न नपाइने


१८ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

बागमती– बाढीपहिरोको जोखिम बढेकाले हेटौँडा–काठमाडौँ जोड्ने सडकमा सवारीसाधन सञ्चालनमा स्थानीय प्रशासनले रोक लगाएको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्णयअनुसार हेटौँडा–काठमाडौँ जोड्ने मुख्य सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता पुष्कर बोगटीले जानकारी दिए । 

उनका अनुसार हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ, हेटौँडा–भैँसे–फाखेल सडक र हेटौँडा–चित्लाङ–काठमाडौँ सडकमा सवारीसाधनलाई आज बिहानैदेखि सञ्चालन गर्न दिएको छैन । 

हेटौँडा हुँदै काठमाडौँका निम्ति छुटेका सबै सवारीसाधनलाई प्रहरीले हेटौँडाको चौकीटोल, भैँसे, पिप्लेमा रोकेको छ ।  सवारीसाधन सञ्चालन नहुँदा  यात्रीहरू अलपत्र परेका छन् । 

हेटौँडा–काठमाडौँ जोड्ने कुनै पनि सडक हालसम्म बाढी वा पहिरोका कारण अवरुद्ध नभए पनि वर्षा निरन्तर भइरहेकाले जोखिमबाट जोगिन ती सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रवक्ता बोगटीले बताए ।     

यसैबीच, मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले आजदेखि असोज २० गतेसम्म अत्यन्त  टाढा र राति यात्रा नगर्न आग्रह गरेका छन् । उनले सबै जिल्लावासीलाई सचेत रहन आग्रह गरेका छन् । 

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  २ : २८ बजे

राजमार्गमा रोकिएका सवारीसाधनलाई गन्तव्यसम्म पुर्‍याउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं- गृह मन्त्रालयले देशभरका राजमार्गमा रोकिएका सवारीसाधनलाई सडक र मौसमको

काठमाडौंका नदी करिडोरमा बाढी, कस्तो छ सरकारको तयारी ?

काठमाडौं- शनिबार साँझ बल्खुुस्थित बागमती नदी किनारका बस्तीमा बाढी पस्न

उपत्यका आसपासका नदीमा जलसतह बढ्दो, उच्च सतर्कता अपनाउन अपिल

काठमाडौं– निरन्तरको वर्षासँगै काठमाडौं उपत्यका आसपासका नदीको जलसतह बढ्न थालको

तराईमा उच्च वर्षा, अन्य कुन ठाउँमा कति पर्‍यो पानी ?

काठमाडौं- देशका विभिन्न स्थानमा मनसुनी वर्षा भइरहेको छ । विशेषगरी

अविरल वर्षाका कारण देशभरका छ सडकमा आवागमन रोकियो

काठमाडौं- शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण पहिरो आउँदा देशभरका छ