मलेसियाविरुद्ध टी-२० सिरिज : नेपालको तेस्रो प्रतिस्पर्धा आज | Khabarhub Khabarhub

मलेसियाविरुद्ध टी-२० सिरिज : नेपालको तेस्रो प्रतिस्पर्धा आज


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय टी-२० शृङ्खलाको तेस्रो खेलमा आज नेपाली महिला राष्ट्रिय टिमले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा तीन रनले पराजित भएको नेपाली महिला टिम दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो। आज नेपालले सिरिजको तेस्रो खेलमा प्रतिस्पर्धा गर्न लागेको हो।

शनिबार भएको दोस्रो खेलमा नेपाल विजयी भएसँगै पाँच खेलको सिरिजमा नेपाल र मलेसियाले १-१ को बराबरी गरेका छन्।

शनिबारको खेलमा सुरुमा ब्याटिङ गरेको मलेसियाले दिएको ९२ रनको लक्ष्य नेपालले १६.२ ओभरमा चार विकेटको क्षतिमा ९३ रन बनाउँदै पूरा गरेको हो।

बिहीबार भएको पहिलो खेलमा नेपाल तीन रनले पराजित भएको थियो। पहिलो खेलमा १०५ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा पाँच विकेट गुमाउँदै १०१ रनमा समेटिँदा तीन रनले पराजित भएको थियो।

मलेसियासँगका थप दुई खेल असोज २१ र २२ गते हुनेछन्। इन्दु बर्माको कप्तानीमा रहेको नेपाली टिमले सिरिजको उपाधि उचाल्ने लक्ष्य लिएको छ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ६ : २९ बजे

मधेश प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनार नियुक्त 

जनकपुरधाम – मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले जितेन्द्र

इन्डोनेसियामा तेल ट्यांकरमा आगलागी हुँदा १० जनाको मृत्यु

एजेन्सी– इन्डोनेसियाको रियाउ टापु प्रान्तको बाटाम टापुको शिपयार्डमा मर्मत सम्भार

११ दिनदेखि ठप्प मेची राजमार्ग खुल्यो

काठमाडौं– माईजोगमाई गाउँपालिका ४ नामसालिङ र इलाम नगरपालिका १० गोदाक

बिमा प्राधिकरणले गर्‍यो कृषि, पशुपन्छी तथा जडिबुटी बीमा सम्बन्धी अन्तरक्रिया

काठमाडौं– नेपाल बीमा प्राधिकरणद्वारा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा