राष्ट्रपति भण्डारीले गरिन् चिनियाँ समकक्षी सीको स्वागत « Khabarhub

राष्ट्रपति भण्डारीले गरिन् चिनियाँ समकक्षी सीको स्वागत


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २ दिने राजकीय भ्रमणका लागि नेपाल आइपुगेका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई समकक्षी विद्यादेवी भण्डारीले स्वागत गरेकी छन् ।

सी विमानबाट बाहिरिएसँगै सीलाई राष्ट्रपति भण्डारीले स्वागत गरेकी थिइन् ।

सीलाई राष्ट्रपति भण्डारीसहित प्रधानमन्त्री केपी शर्मा ओलीले समेत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर स्वागत गरेका छन् ।

चिनियाँ सी अपराह्न ४ बजेर ३० मिनेटतिर चाइना एयरको विशेष विमानमार्फत काठमाडौं उत्रिएका थिए ।

राष्ट्रपति सीले शनिबारै समकक्षी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

राष्ट्रपति शीले शनिबार नै राजनीतिक भेटवार्ता पनि थाल्नेछन् ।

राष्ट्रपति सीले शनिबारै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन् ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ५ : १५ बजे

पूँजीगत खर्च प्राप्तिको योजनासहित बजेट कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र

बाजुरा जिप दुर्घटना : दुई जनाको उपचारकै क्रममा मृत्यु, सात घाइते अस्पतालमा

कैलाली – बाजुराको हिमाली गाउँपालिकामा सोमबार भएको जिप दुर्घटनाले थप

गण्डकीमा ७८ प्रतिशत रोपाइँ

गण्डकी – गण्डकी प्रदेशमा हालसम्म ७८ दसमलव ३६ प्रतिशत रोपाइँ

‘मोबाइल फोन प्रसारण प्रणाली’मार्फत विपद्को पूर्वसूचना दिने तयारी

काठमाडौं – सरकारले विपद्को पूर्वचेतावनीसहित आवश्यक सूचनालाई अझ प्रभावकारी र