अत्यधिक वर्षाले मोरङका १७६ परिवार विस्थापित « Khabarhub

अत्यधिक वर्षाले मोरङका १७६ परिवार विस्थापित


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

मोरङ– अत्यधिक वर्षाका कारण मोरङमा १७६ परिवार विस्थापित भएका छन् । 

मोरङको केशलिया, सिंगिया र बक्राहा नदीमा आएको बाढी गाँउ पस्दा स्थानीयहरू विस्थापित भएका हुन् । उनीहरूलाई नजिकैको विद्यालयमा पुनर्स्थापित गराइएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । बाढी र डुबानका कारण मोरङमा २ सय ५१ परिवारका करिब एक हजार जना प्रभावित भएको बताइएको छ ।

विराटनगर महानगरपालिका छेउबाट बग्ने केशलिया खोला वडा नंं. १२ को मुसहर समुदाय बस्ने सम्पन्न बस्तीमा छिर्दा गाँउ नै विस्थापित भएको छ । यसैगरी सिंघिया खोलाले नदी किनारमा बसेका स्थानीयलाई विस्थापित गरेको छ ।

त्यस्तै बक्राहा नदीले सुनवर्षी नगरपालिका वडा नं. २ मा करिब १० मिटर तटबन्ध कटान गरेर बस्तीमा छिर्दा स्थानीयहरु विस्थापित भएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए । 

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ५ : ३८ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग