विपद्सँग जुध्न ‘स्वयंसेवी समूह’मार्फत काम गर्ने कांग्रेसको निर्णय « Khabarhub

विपद्सँग जुध्न ‘स्वयंसेवी समूह’मार्फत काम गर्ने कांग्रेसको निर्णय


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले अविरल वर्षाका कारण देशभर उत्पन्न विपद्सँग जुध्न भ्रातृ संस्थाको ‘स्वयंसेवी समूह’ मार्फत काम गर्ने भएको छ ।

आज पार्टी महामन्त्री विश्वप्रकाश शर्माको उपस्थितिमा भएको भ्रातृ संस्थाका अध्यक्ष र प्रतिनिधिहरूसँग ‘विपद् केन्द्रित विशेष बैठक’ ले भ्रातृ संस्थाको ‘स्वयंसेवी समूह’मार्फत काम गर्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनले भ्रातृ संस्थाका स्वयंसेवक स्थानीय रूपमा परिचालित गरिसकेको बताए । कांग्रेसले भारी वर्षा र पहिरोका कारण विभिन्न जिल्लामा भएको मानवीय क्षतिले पूरै देशलाई मर्माहत बनाएको जनाएको छ ।

पार्टीले इलाम, रौतहट, खोटाङ, उदयपुरलगायत जिल्लामा भएको मृत्युका घटनाप्रति कांग्रेसले गहिरो दुःख व्यक्त गर्दै दिवङ्गत सबैको आत्माको शान्ति कामना तथा परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको मुख्यसचिव पौडेलले बताए ।

कांग्रेसले थप मानवीय क्षति हुन नदिन थप उच्च सतर्कताका लागि राज्य र स्थानीय स्वयम्सेवीहरूमा विशेष अपिलसमेत गरेको छ । विपद्को घडीमा राज्यको सूचना पालना गर्नु, आफू सुरक्षित रहनु र अरूको सुरक्षामा सहयोग गर्नु सबैको कर्तव्य भएको पनि पार्टीले जनाएको छ ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले असोज १७ देखि देशभर परेको अत्यधिक बर्सातका कारण नेपालका श्रमिक वर्ग मारमा परेको जनाएको छ ।

युनियनका महासचिव अजयकुमार राईद्वारा आज एक विज्ञप्ति जारी गरी अत्यधिक वर्षाका कारण श्रमिक वर्ग प्रभावित भएको भन्दै प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहत कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराइएको छ ।

युनियनले बाढी प्रभावितको यथाशीघ्र उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न तीनै तहका सरकारको ध्यानाकर्षण गराउँदै जनधन तथा भौतिक पूर्वाधारको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

“अविरल वर्षाका कारण धेरैले ज्यान गुमाउनाका साथै भौतिक पूर्वाधारको ठूलो क्षति भएको छ, अझै मानिसहरू बेपत्ता र बासविहीन भई विस्थापित हुनाका साथै कैयौँ घाइते भएका छन् । यस प्राकृतिक विपत्तिबाट गरिखाने श्रमजीवी वर्ग अझ नराम्ररी प्रभावित भएका छन्, उनीहरुको रोजगारीलाई समेत तत्कालका साथ दीर्घकालीन प्रभाव पर्ने देखिन्छ”, विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ८ : १७ बजे

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल