मनाङमा प्रदेशसभा उपचुनाव नहुने « Khabarhub

मनाङमा प्रदेशसभा उपचुनाव नहुने


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कात्तिक १७ गतेका लागि तय भएको मनाङ १ (ख) को प्रदेशसभा उपचुनाव स्थगित भएको छ ।

निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै उपनिर्वाचन स्थगित भएको जानकारी दिएको हो । मन्त्रिपरिषदका सदस्यहरुसँगको छलफलपछि आयोगले यस्तो निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तहरु डा. सगुन समशेर जबरा, डा. जानकी तुलाधर लगायतको उपस्थिति रहेको आयोगले जनाएको छ ।

यस क्षेत्रबाट निर्वाचित सांसद दीपक मनाङ्गे भनिने राजिव गुरुङ ज्यान मार्ने कसुरमा दोषी ठहर भएपछि उपनिर्वाचन हुने तय भएको थियो ।

गत भदौ २३ मा भएको आन्दोलन र त्यसपछि घटनाका कारण निर्वाचन गराउने कार्य प्रभावित भएकाले चुनाव स्थगनको निर्णय भएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ९ : १८ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात