मनाङमा प्रदेशसभा उपचुनाव नहुने « Khabarhub

मनाङमा प्रदेशसभा उपचुनाव नहुने


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कात्तिक १७ गतेका लागि तय भएको मनाङ १ (ख) को प्रदेशसभा उपचुनाव स्थगित भएको छ ।

निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै उपनिर्वाचन स्थगित भएको जानकारी दिएको हो । मन्त्रिपरिषदका सदस्यहरुसँगको छलफलपछि आयोगले यस्तो निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तहरु डा. सगुन समशेर जबरा, डा. जानकी तुलाधर लगायतको उपस्थिति रहेको आयोगले जनाएको छ ।

यस क्षेत्रबाट निर्वाचित सांसद दीपक मनाङ्गे भनिने राजिव गुरुङ ज्यान मार्ने कसुरमा दोषी ठहर भएपछि उपनिर्वाचन हुने तय भएको थियो ।

गत भदौ २३ मा भएको आन्दोलन र त्यसपछि घटनाका कारण निर्वाचन गराउने कार्य प्रभावित भएकाले चुनाव स्थगनको निर्णय भएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ९ : १८ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको