नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग राति ९ बजेदेखि बन्द « Khabarhub

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग राति ९ बजेदेखि बन्द


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

चितवन- नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गमा आज राति ९ बजेपछि बन्द गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार र शनिबार परेको वर्षाका कारण पहिरोको उच्च जोखिम भएकाले अहिले राति ९ बजेदेखि सोमबार बिहान ६ बजेसम्मका लागि सडकमा आवागमन बन्द गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार चितवनबाट पोखरा र काठमाडौँतर्फ जाने सवारीसाधनलाई राति ९ बजेपछि सडक प्रयोग नगर्न आग्रह गरिएको छ ।

यसअघि नै जिल्ला भित्रने सवारीसाधनका लागि समेत ९ बजेभित्र जिल्ला प्रवेश गर्न सूचना जारी गरिसकेको उनले बताए । खनालले भने, “मौसम यथावत् रहेमा बिहान चाँडै सडक सञ्चालनमा ल्याउन सकिने छ । अन्यथा स्थानीय प्रशासनले निर्धारित गरेको होल्डिङ सेन्टरमा नियमानुसार रहनुपर्ने छ । अत्यावश्यक अवस्थामा आएका सवारीसाधनलाई भने रोकिने छैन ।”

बर्सातका कारण रोकिएका सवारीसाधनलाई आज बिहानदेखि आवश्यकताअनुसार गन्तव्यमा पठाइएका र स्थानीय प्रशासनको समन्वयमा आज मात्रै पाँचवटा सवारीसाधनको व्यवस्था गरी विमानस्थलबाट यात्रुलाई काठमाडौँ पठाएको थियो ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ९ : ५३ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात