तिलाठी कोइलाडीका तीन सय बढी घर डुबानमा « Khabarhub

तिलाठी कोइलाडीका तीन सय बढी घर डुबानमा


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

राजविराज- जिता नदी र खाडो खोलाको बाढी बस्तीमा पस्दा सप्तरीको तिलाठी कोइलाडीका ३०० बढी घर डुबानमा परेका छन् ।

तिलाठी कोइलाडी गाउँपालिकाका पाँचवटै वडामा बाढी पसेको छ । गाउँपालिकाका विपद् संयोजक राजेशकुमार झाका अनुसार वडा नं २ लौनियामा खाँडो खोलाको बाँध कटान हुँदा गाउँभर बाढी फैलिएको छभने वडा नं ४ रामटोलमा एक घर भत्किएको छ । वडा नं ३ सकरपुरा बस्तीमा बाढी पस्दा ७५ घर डुबानमा परेका छन् ।

उनले वडा नं ७ को सरदार टोलमा जिता नदीको बाढी पस्दा १८ घरमा ठूलो क्षति पुगेको र केही परिवारलाई सुरक्षाकर्मी र स्थानीय युवाहरूले उद्धार गरी उच्च स्थानमा सारेको बताए ।

वडा नं ५ बर्साइनमा बाढीले सबैभन्दा बढी क्षति पु¥याएको छ । वडाध्यक्ष ललन राउतका अनुसार उक्त क्षेत्रमा करिब २०० घरमा बाढी पसेको छ । बाढीपीडितको उद्धार कार्य भइरहेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ११ : ०१ बजे

नवलपरासीमा रास्वपाका कार्यकर्ताले माओवादीका उम्मेदवार कुटेको आरोप

काठमाडौँ– नवलपरासी क्षेत्र नम्बर १ का नेकपा माओवादीका उम्मेदवारमाथि राष्ट्रिय

स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो

काठमाडौँ–जारी आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेटले पहिलो जित निकालेको

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि

भक्तपुर – यस वर्षको कक्षा १२ को परीक्षा आगामी वैशाख

एसपी सुवेदीलाई पर्सा पठाइयो

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी नरेशराज सुवेदीलाई खटाउने

स्कटल्यान्डविरुद्ध पावर प्लेमा नेपालको उत्कृष्ट सुरुवात

काठमाडौँ- आईसीसी टी–२० विश्वकप अन्तर्गत समुह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध