तिलाठी कोइलाडीका तीन सय बढी घर डुबानमा « Khabarhub

तिलाठी कोइलाडीका तीन सय बढी घर डुबानमा


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

राजविराज- जिता नदी र खाडो खोलाको बाढी बस्तीमा पस्दा सप्तरीको तिलाठी कोइलाडीका ३०० बढी घर डुबानमा परेका छन् ।

तिलाठी कोइलाडी गाउँपालिकाका पाँचवटै वडामा बाढी पसेको छ । गाउँपालिकाका विपद् संयोजक राजेशकुमार झाका अनुसार वडा नं २ लौनियामा खाँडो खोलाको बाँध कटान हुँदा गाउँभर बाढी फैलिएको छभने वडा नं ४ रामटोलमा एक घर भत्किएको छ । वडा नं ३ सकरपुरा बस्तीमा बाढी पस्दा ७५ घर डुबानमा परेका छन् ।

उनले वडा नं ७ को सरदार टोलमा जिता नदीको बाढी पस्दा १८ घरमा ठूलो क्षति पुगेको र केही परिवारलाई सुरक्षाकर्मी र स्थानीय युवाहरूले उद्धार गरी उच्च स्थानमा सारेको बताए ।

वडा नं ५ बर्साइनमा बाढीले सबैभन्दा बढी क्षति पु¥याएको छ । वडाध्यक्ष ललन राउतका अनुसार उक्त क्षेत्रमा करिब २०० घरमा बाढी पसेको छ । बाढीपीडितको उद्धार कार्य भइरहेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ११ : ०१ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने