सप्तकोशीका तीन नदीमा जलसतह खतराको तहमाथि « Khabarhub

सप्तकोशीका तीन नदीमा जलसतह खतराको तहमाथि


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सप्तकोशीका तीन नदीमा जलसतह खतराको तहमाथि पुगेको छ । जल तथा मौसम विज्ञान विभागले अरुण, तमोर र सुनकोशीमा जलसतहले खतरा तह पार गरेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई सचेत हुन आह्वान गरेको छ ।

सुनसरीको चतरा क्षेत्रमा बिहानैदेखि खतरा तह पार गरेर कटान भइरहेको विभागका वरिष्ठ जलविज्ञ विनोद पराजुलीले जानकारी दिए । त्यस क्षेत्रमा बिहानदेखि वर्षा रोकिए पनि सप्तकोशीको माथिल्लो भेगमा परेको पानीले यस्तो भएको उनले बताए । सप्तकोशीका सहायक नदीको बाढी चतरामा पुग्न १८ घण्टासम्म लाग्छ ।

यही असोज २० गते मङ्गलबार बिहानसम्म यस क्षेत्रमा खतराको तहबाट सतर्कताको तहमा झर्ने अनुमान गरिएको विभागले जनाएको छ । सिन्धुपाल्चोकको नाकोतेमा भने हिउँ पग्लिएर जल सतह बढी आज सतर्कताको तहमा पुगेको छ । यसबाट आत्तिनु पर्ने अवस्था नरहेको वरिष्ठ जलविज्ञ पराजुलीले बताए ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ११ : ०८ बजे

जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ– राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले जेनजी सहिदको स्मृतिमा दीप प्रज्वलन

यी हुन् नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीका ११० जना उम्मेदवार

काठमाडौँ– फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको

सशस्त्रका डीएसपी कोइरालाको निधन

कााठमाडौँ – इलामको सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति सशस्त्र प्रहरी

सिकार खेल्न गएका ६ मध्ये एकजनाको गोली लागेर मृत्यु, पाँचजना पक्राउ

सुर्खेत- यही पुस १३ गते जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट

वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको मस्तिष्कको दुर्लभ शल्यक्रिया

काठमाडौं- वीर अस्पतालले १०३ वर्षीया वृद्धाको सफल मस्तिष्क शल्यक्रिया गरी