सप्तकोशीका तीन नदीमा जलसतह खतराको तहमाथि « Khabarhub

सप्तकोशीका तीन नदीमा जलसतह खतराको तहमाथि


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सप्तकोशीका तीन नदीमा जलसतह खतराको तहमाथि पुगेको छ । जल तथा मौसम विज्ञान विभागले अरुण, तमोर र सुनकोशीमा जलसतहले खतरा तह पार गरेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई सचेत हुन आह्वान गरेको छ ।

सुनसरीको चतरा क्षेत्रमा बिहानैदेखि खतरा तह पार गरेर कटान भइरहेको विभागका वरिष्ठ जलविज्ञ विनोद पराजुलीले जानकारी दिए । त्यस क्षेत्रमा बिहानदेखि वर्षा रोकिए पनि सप्तकोशीको माथिल्लो भेगमा परेको पानीले यस्तो भएको उनले बताए । सप्तकोशीका सहायक नदीको बाढी चतरामा पुग्न १८ घण्टासम्म लाग्छ ।

यही असोज २० गते मङ्गलबार बिहानसम्म यस क्षेत्रमा खतराको तहबाट सतर्कताको तहमा झर्ने अनुमान गरिएको विभागले जनाएको छ । सिन्धुपाल्चोकको नाकोतेमा भने हिउँ पग्लिएर जल सतह बढी आज सतर्कताको तहमा पुगेको छ । यसबाट आत्तिनु पर्ने अवस्था नरहेको वरिष्ठ जलविज्ञ पराजुलीले बताए ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ११ : ०८ बजे

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्