केही सडकमा अझै समस्या रहेकाले जानकारी लिएर यात्रा गर्न विभागको आह्वान « Khabarhub

केही सडकमा अझै समस्या रहेकाले जानकारी लिएर यात्रा गर्न विभागको आह्वान


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- केही सडकमा अझै पहिरो र बाढीले समस्या भइरहेकाले जानकारी लिएर मात्र यात्रा गर्न सडक विभागले अनुरोध गरेको छ।

विभागले आज साझा सार्वजनिक गरेको सडकको अवस्थासम्बन्धी विवरणमा पूर्व पश्चिम राजमार्गको पूर्वी खण्डमा अझै समस्या भइरहेको जनाइएको छ । उक्त राजमार्गको काँकडभिट्टा र कालीखोला क्षेत्रमा पहिरो पन्छाउने काम भइरहेको विभागका प्रवक्ता प्रभातकुमार झाले जानकारी दिए ।

यसैगरी मेची राजमार्गको इलाम खण्डमा धेरै समस्या आएको र बिपी राजमार्ग बाढी रोकिएको सात दिनपछि मात्र सञ्चालन हुन सक्ने अवस्था रहेको विभागले जनाएको छ । गत वर्ष असोज दोस्रो साताको बाढीले क्षति गरेपछि बिपी राजमार्गका करिब डेढ दर्जन स्थानमा ‘डाइभर्सन’ गरिएको थियो । यस वर्ष ती संरचना भत्काएकाले बाढी सामान्य अवस्थामा फर्केपछि काम सुरु गरिने विभागले जनाएको छ ।

यस्तै, कान्ति लोकपथ सोमबार मात्र खोल्न सकिने अवस्था रहेको प्रवक्ता झाले जानकारी दिए । सङ्घीय राजधानीबाट बागमती प्रदेश राजधानी जोड्ने अन्य सडकमा पनि ठाउँठाउँमा पहिरोले समस्या भएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ११ : १६ बजे

दाबी : इरानका नयाँ सर्वोच्च नेता पनि गम्भीर घाइते, पुगेका छन् कोमा !

तेहरान– इरानका नयाँ सर्वोच्च नेता मोज्ताबा खामेनेईको स्वास्थ्य अवस्थाबारे गम्भीर

खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गरिने

काठमाडौं– नेपाल आयल निगमले उपभोक्तालाई अब खाना पकाउने ग्यास आधा सिलिन्डर

माइडियाले ल्यायो २ अत्याधुनिक एयर प्युरिफायर  

काठमाडौं– माइडियाले उच्च क्षमतायुक्त दुई आधुनिक एयर प्युरिफायरहरू केजे ५००जी-एफ११ र

ऐतिहासिक चुनावी सफलताका लागि रास्वपालाई भारतले दियो बधाई

नयाँदिल्ली- भारत सरकारले नेपालमा गत फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन

त्रिशूलीमा अन्तर्राष्ट्रिय राफ्टिङ तथा कायकिङ महोत्सव सम्पन्न 

चितवन– त्रिशूली नदीमा आयोजना गरिएको ५०औँ अन्तर्राष्ट्रिय ह्वाइटवाटर राफ्टिङ तथा