बाढीपहिरोका कारण पाँचथरमा दुई जनाको मृत्यु, तीन घाइते | Khabarhub Khabarhub

बाढीपहिरोका कारण पाँचथरमा दुई जनाको मृत्यु, तीन घाइते


२० आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

पाँचथर – बाढीपहिरोका कारण पाँचथरमा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार तुम्बेवा गाउँपालिका–४ ओलनेकी ७९ वर्षीया कान्छीमाया शेर्माको पहिरोमा परेर मृत्यु भएको छ । शेर्माको घरमा पहिरो झर्दा पुरिएर मृत्यु भएको हो ।

फाल्गुनन्द गाउँपालिका–३ त्रिवेणी दोभानमा निबु खोलाले बगाउँदा सोही स्थानका थलीबहादुर नेम्बाङका छोरा १७ वर्षीय मिसेक नेम्बाङको मृत्यु भएको छ ।

जिल्लाको मिक्लाजुङ गाउँपालिका–३ सोलुम्बाकी ३७ वर्षीया मनमाया कार्की घरमाथिबाट झरेको पहिरोले लागेर घाइते हुनुभएको छ ।

फाल्गुनन्द गाउँपालिका–१ आलुवारीकी ७२ वर्षीया सुकमाया आङदेम्बे पहिरोले भत्काएको घरको भित्तोले लागेर घाइते हुनुभएको छ भने फाल्गुनन्द–५ जौबारीका धनबहादुर चेम्जोङ पहिरोमा परी घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक रुपेश तामाङले जानकारी दिए ।

वर्षाका कारण अधिकांश सडकहरु क्षतिग्रस्त हुँदा घाइतेहरु सुविधासम्पन्न अस्पताल जान पाएका छैनन् ।

सरकारी निकायहरुले अवरुद्ध मेची राजमार्ग, तमोर कोरिडोर, पुष्पलाल (मध्यपहाडी) लोकमार्ग, फिदिम–फालोट लगायत सडक सञ्चालन गर्न मर्मत तथा सफाइका काम थालेका छन् ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  ६ : ५१ बजे

जैविक विधिबाट उत्पादित तरकारी उपभोक्ताको रोजाइ 

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ टिकोटका बुद्धीवीर पुनले तरकारी खेतीबाट वार्षिक सात

वर्षा रोकिएसँगै सप्तकोशीमा पानीको बहाव घट्दै

सुनसरी– लगातारको वर्षा रोकिएसँगै सप्तकोशी नदीमा पानीको बहाव घट्दै गएको

सडक अवरुद्ध हुँदा आपतकालीन स्वास्थ्य सेवा प्रवाह गर्न चुनौती

विराटनगर– शुक्रबार, शनिबार र आइतबारको अविरल वर्षाले सबैभन्दा धेरै कोशी

यो समय कोशी सरकारले औचित्य र क्षमता  पुष्टि गर्ने समय हो : इन्द्र आङ्बो

विराटनगर– कोशी प्रदेश माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले कोशी

कञ्चनपुर कारागारका फरार ११६ कैदीबन्दी सम्पर्कमा आएनन्

कञ्चनपुर– जेनजी प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट फरार भएका कैदी तथा