कञ्चनपुर कारागारका फरार ११६ कैदीबन्दी सम्पर्कमा आएनन् | Khabarhub Khabarhub

कञ्चनपुर कारागारका फरार ११६ कैदीबन्दी सम्पर्कमा आएनन्


२० आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– जेनजी प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट फरार भएका कैदी तथा थुनुवालाई आज साँझसम्म फिर्ता समय सीमा निर्धारण गरिएको छ ।

फरार कैदी बन्दी खोजि तथा पक्राउ कार्यदलको आइबार बसेको बैठकले कारागारबाट फरार रहेका पुरुष, महिला कैदी तथा थुनुवालाई आज साँझ पाँच बजेसम्म कारागारमा फर्किनका लागि सयम सीमा दिइएको हो । यस अघिसमेत जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र कारागार कार्यालयबाट फरार रहेका कैदी तथा थुनुवालाई सम्पर्कमा आउनका लागि सूचना प्रकासित गरिएको थियो ।

कारागार कार्यालय कञ्चनपुरका निमित्त कारागार प्रशासक रामदत्त जोशीले निर्धारित समय सीमाभित्र नफर्कने कैदी तथा थुनुवालाई कारागार ऐन २०७९ र अन्य प्रचलित कानून अनुसार कारबाही हुने बताए । फरार कैदी तथा थुनुवालाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई कसुरदार ठानी प्रचलित कानून अनुसार कारबाही हुने उनको भनाइ छ ।

फरार रहेका कैदी तथा थुनुवालाई कारागारमा बुझाउनका लागि सम्बन्धित कैदीका परिवारजन, समुदाय, नागरिक संस्था तथा सरोकारवालासँग कारागार कार्यालयले अनुरोधसमेत गरेको छ । कारागारका निमित्त प्रशासक जोशीका अनुसार गत भदौ २४ गते चार सय ७८ जना कैदी तथा फरार भएका थिए । ती मध्ये अझै ११६ जना कैदी तथा थुनुवा फरार छन् । फरार कैदी तथा थुनुवा केही आफैँ कारागारमा फर्किका हुन् भने केहीलाई प्रहरीले पक्राउ गरी कारागारमा बुझाउने कार्य गरिरहेको छ । (रासस)

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  ८ : ४७ बजे

तीन दिनदेखि माडीमा विद्युत् आपूर्ति बन्द

चितवन– जिल्लाको माडी नगरपालिकामा विगत तीन दिनदेखि विद्युत् आपूर्ति बन्द

सुशासनमा अब्बल पालिका जसले गाउँमै हुर्काउँदैछ कृषि वैज्ञानिक (भिडियो)

भ्रष्टाचार नियन्त्रण तथा जवाफदेही सरकारको मागसहित जेनजी पुस्ता भदौ २३

दमौली कारागारका १३५ कैदीबन्दी सम्पर्क बाहिर

तनहुँ– जेनजी आन्दोलनका क्रममा दमौली कारागारबाट भागेका कैदीबन्दीमध्ये १९२ जनालाई

अवरुद्ध भोजपुर–लेगुवा सडक सञ्चालनमा

भोजपुर– भोजपुरलाई तराईका जिल्लासँग जोड्ने भोजपुर–लेगुवा ६६ किलोमिटर मुख्य सडक

सुनको मूल्यमा नयाँ रेकर्ड, एकै दिन तोलामा २५ सय रुपैयाँ वृद्धि

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।