कञ्चनपुर कारागारका फरार ११६ कैदीबन्दी सम्पर्कमा आएनन् « Khabarhub

कञ्चनपुर कारागारका फरार ११६ कैदीबन्दी सम्पर्कमा आएनन्


२० आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– जेनजी प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट फरार भएका कैदी तथा थुनुवालाई आज साँझसम्म फिर्ता समय सीमा निर्धारण गरिएको छ ।

फरार कैदी बन्दी खोजि तथा पक्राउ कार्यदलको आइबार बसेको बैठकले कारागारबाट फरार रहेका पुरुष, महिला कैदी तथा थुनुवालाई आज साँझ पाँच बजेसम्म कारागारमा फर्किनका लागि सयम सीमा दिइएको हो । यस अघिसमेत जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र कारागार कार्यालयबाट फरार रहेका कैदी तथा थुनुवालाई सम्पर्कमा आउनका लागि सूचना प्रकासित गरिएको थियो ।

कारागार कार्यालय कञ्चनपुरका निमित्त कारागार प्रशासक रामदत्त जोशीले निर्धारित समय सीमाभित्र नफर्कने कैदी तथा थुनुवालाई कारागार ऐन २०७९ र अन्य प्रचलित कानून अनुसार कारबाही हुने बताए । फरार कैदी तथा थुनुवालाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई कसुरदार ठानी प्रचलित कानून अनुसार कारबाही हुने उनको भनाइ छ ।

फरार रहेका कैदी तथा थुनुवालाई कारागारमा बुझाउनका लागि सम्बन्धित कैदीका परिवारजन, समुदाय, नागरिक संस्था तथा सरोकारवालासँग कारागार कार्यालयले अनुरोधसमेत गरेको छ । कारागारका निमित्त प्रशासक जोशीका अनुसार गत भदौ २४ गते चार सय ७८ जना कैदी तथा फरार भएका थिए । ती मध्ये अझै ११६ जना कैदी तथा थुनुवा फरार छन् । फरार कैदी तथा थुनुवा केही आफैँ कारागारमा फर्किका हुन् भने केहीलाई प्रहरीले पक्राउ गरी कारागारमा बुझाउने कार्य गरिरहेको छ । (रासस)

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  ८ : ४७ बजे

मुस्ताङमा पन्ध्र दिने ‘राष्ट्रिय मूर्तिकला कार्यशाला’ सुरु

काठमाडौँ- नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौँको सहकार्य तथा घरपझोङ गाउँपालिका, मुस्ताङको

बालअधिकार उल्लंघन अन्त्य गर्न प्रभावकारी खबरदारीमा जोड

काठमाडौँ। बाल विवाह, बालश्रमलगायत बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी

बसपार्क बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने

काठमाडौँ- नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले

सुधन गुरुङले भने : राज्यको ढुकुटीमा आँखा गाड्नेमाथि कारबाही रोकिँदैन, डगमगाइँदैन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राज्यको ढुकुटीमा आँखा गाड्नेहरूमाथि कारबाही

गौस्वारामा धार्मिक पूर्वाधार थपिँदै

म्याग्दी- बेनी नगरपालिका–२ गौस्वारालाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न