जैविक विधिबाट उत्पादित तरकारी उपभोक्ताको रोजाइ  « Khabarhub

जैविक विधिबाट उत्पादित तरकारी उपभोक्ताको रोजाइ 


२० आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ टिकोटका बुद्धीवीर पुनले तरकारी खेतीबाट वार्षिक सात लाख रुपैयाँसम्म आम्दानी गर्छन् । १५ रोपनीमा बन्दा, साग, आलु लगायत ताजा तरकारी र पाँच रोपनीमा किवी खेती गरेका ४६ वर्षीय पुन तरकारी र फलफूल खेतीबाट स्वरोजगारसँगै आत्मनिर्भर बनेका छन् । १६ वर्षअघि तरकारी खेती गर्नुअघि पुनले रोजगारीका लागि पाँच वर्ष कतारमा श्रम र पसिना बगाएका थिए ।

‘कृषिमा परिश्रम गरे राम्रो आम्दानी लिन सकिने मेरो अनुभव छ,’ उनले भने ‘ताजा तरकारी बिक्री गरेर वार्षिक रुपमा पाँचदेखि सात लाखसम्म आम्दानी हुन्छ ।’ साँझ बिहान तरकारी र किबीको फार्मको स्याहारसुसारमा व्यस्त वडा सदस्य समेत रहेका पुनले दिउँसोको समय सामाजिक काममा दिन्छन् ।

टिकोटको छिमेकी बस्ती घराम्दीका बासिन्दा रहेका अन्नपूर्ण गाउँपालिका– ७ का पूर्व वडाअध्यक्ष गमप्रसाद फगामी पनि कार्यकाल सकिएपछि व्यवसायिक तरकारी खेतीमा सक्रिय छन् । फगामीले पाँच रोपनी जग्गामा काँक्रो, बोडी, सिमी, गोलभेडा, बन्दा, काउली र साग खेती गरेका छन् ।

गोलभेडा खेतीका लागि उनले तीन वटा प्लास्टिक टनेल बनाएका छन् । फगामीका छिमेकी बहालवाला वडा सदस्य गेमबहादुर पुनले ताजा र बेमौसमी तरकारीका साथै व्यवसायिक रुपमा आलु खेती गर्दै आएका छन् । घराम्दी र टिकोटका कृषकले उत्पादन भएको तरकारी र आलु सदरमुकाम बेनी र प्रदेशको राजधानी पोखरामा बिक्री हुने गरेको छ ।

यहाँ ५० जना भन्दा बढी व्यवसायिक किसान छन् । गाडीले तरकारी बोकेर बजार लैजाने गरेको छ । यहाँबाट वार्षिक दुई करोड भन्दा बढी मूल्यको आलु र एक करोड बराबरको बन्दा बिक्री हुने गरेको वडा सदस्य बुद्धिवीर पुनले बताए । टिकोट र घराम्दी समुन्द्री सतहदेखि दुई हजार तीन सय मिटर उचाइमा रहेको छ ।

चिसो हावापानीमा जैविक विधिबाट उत्पादन भएको तरकारी स्वस्थकर र स्वादिलो हुने भएकाले उपभोक्ताको रोजाईमा परेको छ । अन्नपूर्ण गाउँपालिकाले टिकोटमा तरकारी पकेट कार्यक्रम सञ्चालन गरेको कृषि अधिकृत श्यामशरण कुर्मीले बताए । कार्यक्रम मार्फत कृषकलाई तरकारी खेतीका लागि आवश्यक बिउ, टनेल, सिँचाई सामग्री उपलब्ध गराएको उनको भनाइ छ  ।

खर्चिलो र मानव स्वास्थ्यका लागि प्रतिकुल मानिएको रासायनिक विषादी र मलको विकल्पमा जैविक विधिबाट तरकारी खेती गरेका छन् । टिकोटका किसान टिका तिलिजा पुनले तरकारीमा रोगकीरा लाग्न नदिन र नियन्त्रण गर्नका लागि गाईभैसीको मलमुत्र प्रयोग गरेको बताए । ‘पलास्टिकको वोतलमा संकलन गरेर राखेको गाईभैँसीको मुत्रलाई आवश्यक पर्दा बिरुवाको जरा, जरामा हाल्छौँ’, उनले भने, ‘टिकोटमा रासायनिक मल पनि अहिलेसम्म भित्रिएको छैन् ।’ यहाँका किसानको प्रत्येक गोठमा गाईभैँसीको मुत्र संकलन गरेर राखेका छन् । (रासस)

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  १० : ५५ बजे

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार