धादिङमा एक छोराले गरे आमाको हत्या, प्रहरीले अनुसन्धान गर्दै « Khabarhub

धादिङमा एक छोराले गरे आमाको हत्या, प्रहरीले अनुसन्धान गर्दै


२० आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

धादिङ– धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीका एक युवकले आफ्नी आमाको हत्या गरेका छन् ।

थापाकटेरीका ३० वर्षीय यम बहादुर कँडेल (जिरे)ले आइतबार राति साढे ८ बजेतिर खाना पस्कन लागेका बेला ५४ वर्षीया आमा राममाया माथि धारिलो हतियार प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका एसपी भेषराज रिजालले घटनास्थलबाट हतियारसहित निजलाई पक्राउ गरिएको जानकारी दिए ।

उनका अनुसार घटनाको थप अनुसन्धान भइरहेको र यम बहादुरविरुद्ध आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको छ ।

शरीर र टाउको छुट्टिने गरी भएको हत्याको मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल धादिङ लगिएको प्रहरीले जनाएको छ । राममायाको हत्यापछि पूरै गाउँ शोकमा डुबेको छ ।

(यम बहादुर कँडेल (दायाँ)– तस्बिर : अनुप सिटौलाको फेसबुकबाट)

आमाको हत्या अभियोगमा पक्राउ गरेका यमबहादुर गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आक्रामक प्रस्तुती र क्रियाकलापबाट सामाजिक सञ्जालमा भाइरल भएका थिए ।

जेनजी आन्दोलनको दिनदेखि नै उनमा मानसिक समस्या रहेको र सोमबार उपचारका लागि काठमाडौं ल्याउने तयारी हुँदै गर्दा आइतबार नै उनले आमाको हत्या गरेका छन् ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  ११ : ५८ बजे

खेल ओझेलमा, उमेर चर्चामा

काठमाडौं – पोर्चुगिच स्टार स्टाइकर क्रिस्टियानो रोनाल्डोले प्राप्त गर्न नसकेको

अमेरिका-इरान प्रारम्भिक वार्ता स्विट्जरल्याण्डमा हुने

एजेन्सी– अमेरिका र इरानबीच भएको युद्धविरामपछि प्रारम्भिक चरणको प्रत्यक्ष वार्ता

नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को

रास्वपा विधान : दुई महामन्त्री रहने, पदाधिकारीमा दुई महिला अनिवार्य

काठमाडौं– तीन दिनपछि चितवनमा महाधिवेशन गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको

बन्न नसकेको पोखरा बसपार्कमा महानगरको डोजर

काठमाडौं– पोखरा महानगरपालिका वडा नम्बर ९ मा विगत लामो समयदेखि