तनहुँको ९१ प्रतिशत जनसङ्ख्या खानेपानीको पहुँचमा « Khabarhub

तनहुँको ९१ प्रतिशत जनसङ्ख्या खानेपानीको पहुँचमा


२० आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँका ९१ दशमलव १० प्रतिशत जनसङ्ख्यालाई स्वच्छ खानेपानी सुविधा पुगेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अनुसार जिल्लाका तीन लाख २१ हजार १५३ जनसङ्ख्यामध्ये दुई लाख ९२ हजार ५७० जनामा स्वच्छ खानेपानी सुविधा पुगेको हो । 

कार्यालय प्रमुख शम्भुराज खनालले आधारभूत स्तरको खानेपानी पहुँच ५६ दशमलव ७१ प्रतिशत र मध्यमस्तरको खानेपानी पहुँच ३४ दशमलव ३९ प्रतिशत जनतामा पुगेको जानकारी दिए । घरघरमा स्वच्छ र पर्याप्त पानी उपलब्ध भएपश्चात् स्थानीय करेसाबारीमा तरकारी उत्पादन गर्न आयआर्जनमा जोडिएको उनको भनाइ छ । 

जिल्लामा गत आर्थिक वर्षमा दुई हजार ९२७ घरधुरीमा खानेपानी सुविधा विस्तार भएको छ । गण्डकी प्रदेश सरकारमार्फत दुई हजार २२१, सङ्घ सरकार ससर्त कार्यक्रममार्फत २२६ र विशेष अनुदानमार्फत ४८० घरधुरीमा खानेपानी सुविधा विस्तार गरिएको खनालले बताए। 

अघिल्लो आर्थिक वर्ष २०८०-८० मा जिल्लाका दुई हजार घरधुरीमा खानेपानी सुविधा विस्तार गरिएको थियो । त्यस्तै आर्थिक वर्ष २०७९-८० मा दुई हजार १२८, आर्थिक वर्ष २०७८-७९ मा दुई हजार २९७, आर्थिक वर्ष २०७७-७८ मा चार हजार ३१७, आर्थिक वर्ष २०७६-७७ मा दुई हजार ३५४ र आर्थिक वर्ष २०७५-७६ मा एक हजार ९०४ घरधुरीमा खानेपानी सुविधा पुगेको खनालले बताए। 

चालु आर्थिक वर्ष २०८२-८३ मा जिल्लाका चार हजार ३०० घरधुरीमा खानेपानी सुविधा विस्तार गर्ने लक्ष्य रहेको खनालको भनाइ छ । प्रदेश सरकारमार्फत दुई हजार, सङ्घ सरकार ससर्तमार्फत ८०० र विशेष अनुदानमार्फत एक हजार ५०० घरधुरीमा खानेपानी सुविधा विस्तार गरिने खनालले उल्लेख गरे। 

कार्यालयले नयाँ खानेपानी आयोजनाहरूको माग, सर्वेक्षण, डिजाइन, खानेपानी आयोजनाको निर्माण कार्य कार्यान्वयन, आयोजनाको सामग्री निकासा, खानेपानी आयोजनाको निर्माणमा प्राविधिक सहयोग, आयोजनाको अनुगमन, निरीक्षण, सुपरीवेक्षण, आयोजनामा भए गरेका कार्यको मूल्यांकन तथा भुक्तानी लगायतका कार्य गर्दै आएको छ । 

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  १२ : ४४ बजे

मुस्ताङमा पन्ध्र दिने ‘राष्ट्रिय मूर्तिकला कार्यशाला’ सुरु

काठमाडौँ- नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौँको सहकार्य तथा घरपझोङ गाउँपालिका, मुस्ताङको

बालअधिकार उल्लंघन अन्त्य गर्न प्रभावकारी खबरदारीमा जोड

काठमाडौँ। बाल विवाह, बालश्रमलगायत बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी

बसपार्क बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने

काठमाडौँ- नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले

सुधन गुरुङले भने : राज्यको ढुकुटीमा आँखा गाड्नेमाथि कारबाही रोकिँदैन, डगमगाइँदैन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राज्यको ढुकुटीमा आँखा गाड्नेहरूमाथि कारबाही

गौस्वारामा धार्मिक पूर्वाधार थपिँदै

म्याग्दी- बेनी नगरपालिका–२ गौस्वारालाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न