सुनको मूल्यमा नयाँ रेकर्ड, एकै दिन तोलामा २५ सय रुपैयाँ वृद्धि « Khabarhub

सुनको मूल्यमा नयाँ रेकर्ड, एकै दिन तोलामा २५ सय रुपैयाँ वृद्धि


२० आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (सोमबार) सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँ बढेको जनाएको छ ।

योसँगै आज छापावाल सुन प्रतितोला २ लाख ३३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार प्रतितोला २ लाख ३० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी ३० रुपैयाँले बढेर २ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला २ हजार ९३० रुपैयाँ कायम थियो ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  १२ : ५२ बजे

६ करोड ५० लाख पाउन्डमा रोड्री बार्सिलोना जाने पक्का, चार वर्षको सम्झौता हुँदै

काठमाडौँ – स्पेनिस क्लब बार्सिलोनाले म्यानचेस्टर सिटीका कप्तान तथा स्पेनिस

संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर