दमौली कारागारका १३५ कैदीबन्दी सम्पर्क बाहिर « Khabarhub

दमौली कारागारका १३५ कैदीबन्दी सम्पर्क बाहिर


२० आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– जेनजी आन्दोलनका क्रममा दमौली कारागारबाट भागेका कैदीबन्दीमध्ये १९२ जनालाई पक्राउ गरिएको छ । कारागारमा महिला २० सहित कुल ३२७ रहेकामध्ये १३५ जना अझै आउँन बाँकी रहेको कारागार प्रशासनले जनाएको छ । 

त्यसैगरी कास्की, चितवन, धादिङ र काठमाडौँका गरी ४५ जनालाई नियन्त्रणमा लिएर सम्बन्धित कारागारमा पठाइसकिएको निमित्त जेलर श्यामसिं बोहराले जानकारी दिए। बेसींसहरस्थित जिल्ला कारागारको जीर्ण पर्खाल भत्किएपछि असुरक्षा बढ्दा त्यहाँका सबै कैदीबन्दीलाई दमौली र कास्कीको पोखरास्थित कारागारमा स्थानान्तरण गरिएको थियो । 

लमजुङ कारागारबाट छ महिलासहित १०९ कैदीबन्दीलाई स्थानान्तरण गरिएको थियो । दमौली कारागारमा ३१ र कास्की कारागार कार्यालयमा ७८ कैदी तथा थुनुवा गरी १०९ जनालाई पठाइएको प्रहरीले जनाएको छ । आउन बाँकी रहेका कैदीबन्दीको खोजी कार्यलाई निरन्तरता दिइएको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनले भने, ‘एक सयको हाराहारीमा कैदीबन्दी कारागार आउन सक्छन्, तर केही जघन्य अपराधका कैदीबन्दी फरार हुनसक्नेतर्फ प्रहरीले कडाइका साथ निगरानी बढाइएको छ ।’ 

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  १ : १२ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने