आश्विन शुक्ल पूर्णिमाः हनुमानढोका दरबारमा अखिल बलिपूर्ति « Khabarhub

आश्विन शुक्ल पूर्णिमाः हनुमानढोका दरबारमा अखिल बलिपूर्ति


२० आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हनुमानढोका दरबारको दसैँघरमा ५४ बोका र ५४ राँगाको बलि दिई अखिल बलिपूर्ति सम्पन्न गरिएको छ । आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति गरेसँगै यस वर्षको बडादसैँमा मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम पनि समाप्त हुन्छ ।

हनुमानढोका दरबार हेरचाह अड्डाका पुरातत्व अधिकृत सविताकुमारी जोशीले ५४ बोकामध्ये नौ बोकालाई दसैँघरमा र बाँकी बोका तथा ५४ राँगालाई भने हनुमानढोका दरबारको मूलचोकमा बलि दिइएको बताइन् ।

अखिल बलि पूर्ति गरिएसँगै दसैँघरमा घटस्थापनाका दिन राखिएको जमरा सेलाइएको छ । जमरा सेलाएसँगै टीका र प्रसाद लगाउने क्रम अन्त्य भएको हो ।

यसैगरी वैदिक सनातन हिन्दू धर्मावलम्बीले असोज ६ गते घटस्थापनाका दिन घरघरका पूजा कोठा एवं दसैँघरमा राखेको जमरा पनि आज नजिकको ताल, तलाउ, पोखरी वा तीर्थस्थलमा सेलाएका छन् ।

आज राति धनधान्यकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातमा जाग्राम बसेसँगै १५ दिन लामो दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व समापन गरिन्छ । आजको दिनलाई कोजाग्रत पूर्णिमा र कौमुदी पूर्णिमा पनि भन्ने गरिन्छ । आज जाग्राम बसेर महालक्ष्मीको पूजाआराधना गरे घरमा लक्ष्मीले बास गर्ने धार्मिक विश्वास छ । नेपालमा सबैभन्दा बढी समय बिदा हुने बडादसैँ पर्वलाई राष्ट्रिय पर्वका रूपमा मनाइन्छ ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  ८ : ४० बजे

विष्णु पौडेलसँग सञ्चारकर्मीको संवाद हुँदै

काठमाडौं – नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलको

अल्पविकसित देशहरूको विकासका लागि अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य : नेपाल

दाेहा– अल्पविकसित देशहरूको विकासका लागि अन्तर्राष्ट्रिय समुदायबाट निरन्तर सहयोग हुनुपर्नेमा

राज्यका सबै संरचनामा अपाङ्गता व्यक्तिको समान सहभागिता हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौ– राष्ट्रपति रामचन्द्र पौडेलले अपाङ्गता भएका व्यक्तिको संवैधानिक तथा कानूनी

नयाँ व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकको सर्कुलर

काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष (आव)को मौद्रिक नीतिको

मेची भन्सार कार्यालय : आयात बढ्दा निर्यात घट्यो

झापा– आर्थिक वर्ष (आव) २०८२–८३ को पहिलो चौमासिकमा काँकरभिट्टाबाट १६