मलेसियाविरुद्धको टी-२० सिरिज : आज चौथो खेलमा प्रतिस्पर्धा गर्दै नेपाल | Khabarhub Khabarhub

मलेसियाविरुद्धको टी-२० सिरिज : आज चौथो खेलमा प्रतिस्पर्धा गर्दै नेपाल


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय टी-२० शृङ्खलाको चौथो खेलमा आज नेपाली महिला राष्ट्रिय टिमले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ।

पहिलो खेलमा तीन रनले पराजित भएको नेपाली महिला टिम दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो भने तेस्रो खेलमा १३ रनको पराजय भोगेको छ।

पाँच खेलको सिरिजमा नेपालले दुई खेल गुमाइसकेकाले मलेसिया २–१ ले अगाडि छ। सिरिज बराबरी गर्न नेपालले आजको खेल जित्नै पर्ने दबाब छ। मलेसियाले जित निकाले एक खेल अगाडि नै सिरिज उचाल्ने छ।

पहिलो खेलमा नेपाल तीन रनले पराजित भएको थियो। पहिलो खेलमा १०५ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा पाँच विकेट गुमाउँदै १०१ रनमा समेटिँदा तीन रनले पराजित भएको थियो।

दोस्रो खेलमा सुरुमा ब्याटिङ गरेको मलेसियाले दिएको ९२ रनको लक्ष्य नेपालले १६.२ ओभरमा चार विकेटको क्षतिमा ९३ रन बनाउँदै पूरा गर्दा ६ विकेटको जित निकालेको थियो।

तेस्रो खेलमा मलेसियाले जितको लागि दिएको १२१ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०७ रनमा समेटिँदा १३ रनले पराजित भएको हो।

मलेसियासँग नेपालको फाइनल भिडन्त २२ गते हुनेछन्। इन्दु बर्माको कप्तानीमा रहेको नेपाली टिमले सिरिजमा बराबरी गर्न आजको खेल जित्नैपर्ने दबाब छ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ६ : ०५ बजे

भोजपुरको साल्पा–सिलिचुङ क्षेत्र पर्यटकको आकर्षण बन्दै 

भोजपुर– भोजपुरको सबैभन्दा अग्लो साल्पा–सिलिछो चुचुरो र साल्पा पोखरी पछिल्लो

टी–२० सिरिज : मलेसियामाथि नेपाल ६ विकेटले विजयी

काठमाडौं – अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको चौथो खेलमा मलेसियामाथि नेपाल ६

विद्युत् भार प्रेषण केन्द्रको अनुगमनमा ऊर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले नेपाल

मकवानपुरमा माइक्रो बस दुर्घटना हुँदा १६ जना घाइते

मकवानपुर– मदन भण्डारी लोकमार्ग अन्तर्गत मकवानपुरको बागमती गाउँपालिका– ४ झुरझुरेमा

काठमाडौंको टेकु दोभानमा एक महिलाको शव फेला

काठमाडौं– काठमाडौंको विष्णुमती नदीको टेकु दोभानमा एक महिलाको शव फेला