काठमाडौं – कलाकार, लेखक तथा निर्माता दीपकराज गिरीले ०८३ सालको दशैँमा फिल्म ल्याउने संकेत गरेका छन् ।
दीपकराजले मंगलबार सामाजिक सञ्जालमा मार्फत् अर्को दशैँमा आफ्नो फिल्म आउने सक्ने आशय व्यक्त गरेका हुन् ।
उनले लेखेका छन्, ‘हामीले पनि यो साल चलचित्र ल्याउन सकेनौं । तापनि दशैँमा प्रदर्शन भएका नेपाली चलचित्रहरुलाई दिनु भएको मायाका लागि धेरै धेरै धन्यवाद । अर्को साल दशैँमा भेटौला ।’
यो दशैँमा तीन फिल्म ‘बलिदान’ ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ले फूलपातीबाट बक्स अफिस भिडन्त गरेका थिए । यी तीनै फिल्मले बक्स अफिसमा अपेक्षित ग्रस कलेक्सन गर्न सकिरहेका छैनन् ।
दीपकले यो विषयलाई पनि सांकेतिकरुपमा छोएका छन् । उनले लेखेका छन्, ‘देशको राजनीतिक अवस्थाले साथै प्राकृतिक प्रकोपकाबीच दशैँ सोचे जस्तो त पक्कै भएन होला ।’
प्रायः गरी दशैँ लक्षित गरी दीपकराजको टिमले फिल्म ल्याउने गरेको थियो । गत वर्ष ‘छक्का पञ्जा ५’ प्रदर्शनमा आउँदा अत्याधिक साइबर आक्रमण भएको बुझाइले उनले यो दशैँमा फिल्म ल्याएनन् ।
दीपक अहिले ‘छक्का पञ्जा टुर’का लागि अमेरिकामा छन् । उनीसँग कलाकार तथा निर्देशक दीपाश्री निरौला र अर्का कलाकार जितु नेपाल पनि सँगै छन् ।
प्रतिक्रिया